सप्तरी, बैशाख १ गते । सप्तरीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा एक युवकको शव फेला परेको छ ।
सोमबार बिहान सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१, भारदहस्थित सडक छेउमा सुरज साहको शव फेला परेको हो ।
प्रहरीका अनुसार भारदह निवासी १९ वर्षीय साहको टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार भएको जनाएको छ ।
भारदहदेखि भलुवातर्फ जाने कोशी बाँधको छेउमा उनको शव फेला परेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिनु भयो ।
घटनाको अनुसन्धान गर्नका लागि तालिम प्राप्त कुकुर बोलाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी मकेन्द्र मिश्रले बताए ।

















