प्रकाशित मिति -२०७६ चैत ३० गते- सिरहा । जिल्ला समन्वय समिति सिरहाका उप-सभापति सरोज यादवले नयाँ वर्ष वि.सं २०७७ सालको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गरेका छन् । उप-सभापति यादवले नयाँ वर्षको शुभकामना दिएका हुन् ।
‘कोरोना भाईरसको अप्रत्यासित महामारीबाट अहिले सम्पूर्ण विश्व आक्रान्त बनेको छ । हामी नेपालीहरु पनि उक्त भाईरस विरुद्ध लडने क्रममा विगत १२ दिनदेखि लकडाउन अन्तर्गत घर भित्रै बन्दाबन्दिको अवस्थामा छौँ’ यसैबिच हामी वि.सं २०७७ को नयाँ वर्ष हाम्रो घर संघारमा आईपुगेको छ । दुःख, पीडा र अन्यौलपूर्ण घडिकै बीचमा पनि नयाँ वर्षको अवसरमा म देश विदेशमा रहेका सबै नेपालीहरुको परिवारमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको मंगलमय कामना व्यक्त गर्दछु ।’
त्यस्तै विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण नयाँ वर्षमा पूर्ण रुपमा नियन्त्रणमा आउने विश्वास समेत व्यक्त गरिएको छ । उप-सभापति यादवले नेपालीहरुको चाहना अनुरुप सुशासन र आर्थिक सम्बृद्धिको लक्ष्य हासिल गर्ने सन्दर्भमा नयाँ वर्ष कोसेढुंगा बन्ने उल्लेख गरेका छन् । साथै रोग, भोक, गरिबी र अशिक्षाबाट नेपालीलाई मुक्त तुल्याउने अभियानले वि.सं २०७७ मा ऐतिहासिक सफलता प्राप्त हुने कामना समेत गरेका छन् ।
उनले सरकारले आव्हान गरेको लकडाउनको पूर्ण पालना गरेको भन्दै नेपाली जनतालाई धन्यवाद दिएका छन् । नेपाली नागरिकको धैर्यता, आत्मसंयम र स्व–अनुशासनको परिणाम स्वरुप कोरोना भाईरसको महामारीले भयावह रुप लिन नसकेको उनको भनाइ छ । उनले विश्वका विभिन्न देशहरु र खासगरी छिमेकी मुलुक भारत र चीनको अनुभवबाट पाठ सिकेर निरन्तर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।
त्यस्तैगरी उप-सभापति यादवले कोरोना भाईरसको प्रकोपबाट नेपालको अर्थतन्त्रलाई गम्भीर प्रभाव पार्ने भन्दै निश्चित आय भएका वर्ग, साना मझौला उद्योग र संगठित आधुनिक आर्थिक क्षेत्रको उत्थानका निमित्त सरकारले विशेष नीति र कार्यक्रम ल्याउन आवश्यक रहेकाले त्यसतर्फ गृहकार्य शुरु गर्न आग्रह गरेका छन् ।
उनले भारतीय सीमा क्षेत्रमा शरणार्थी भएर बसेका नेपालीहरुलाई आवश्यक परिक्षण र क्वारेन्टाइन व्यवस्था गरी घर फर्काउन सरकारले पुनर्विचार गर्नुपर्नेमा जोड दिएका छन् । तर, कोरोना महामारी फैलिएका बेला भारतसँगको सीमा नाका बन्द गर्न र आवश्यक नियमन गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !