प्रकाशित मिति -२०७६ चैत २९ गते सनिवार : सिरहा । नयाँ वर्षमा मेला, घुमफिर तथा जमघट गर्न जिल्ला प्रहरी कार्यालय सिरहाले रोक लगाएको छ । एसपी उमा प्रसाद चतुर्बेदीले सर्वसाधारणलाई घरबाटै नयाँ वर्ष–२०७७ मनाउन आग्रह गरेको छ ।
सम्भावित कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले वैशाख ३ गतेसम्म लकडाउन घोषणा गरेको छ । यस्तो विषम परिस्थितिमा नया वर्ष मनाउन घर वाहिर ननिस्कन सुचना मार्फत सचेत गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा डिएसपी बिनोद घिमिरेले बताए ।
प्रहरीको अनुरोध विपरित क्रियाकलाप गरे संक्रमण रोग ऐन, २०२० लगायत प्रचलित कानुन बमोजिम कारवाही गरिने प्रहरीको चेतावनी छ । यसअघिका नयाँ वर्षमा सलहेश फुलबारी मेला , पतारी मेला लगायत जिल्ला सिरहाका विभिन्न ग्रामिण इलाका मेला तथा महोत्सवको आयोजना हुदै आएको थियो ।

















