Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अध्यक्ष मियाँमाथि कोरोना संक्रमण फैलाएको आरोप


पर्सा । सीमा नाका ठप्प रहेका बेला पर्साका एक गाउँपालिका प्रमुखले भारतमा कोरोना भाइरसको संक्रमण फैलाउने योजना बनाएको भारतीय सञ्चार माध्यमहरूले दाबी गरेका छन्। भारतीय मिडिया जिन्युजका अनुसार पर्साका जालिम मुखियाले ४०/५० कोरोना संक्रमितलाई भारत प्रवेश गराउने योजना बुनेका हुन्।

कोरोनाभाइरस (कोभिड १९) को संक्रमण विश्वभरी बढीरहेको छ । यसबाट नेपाल पनि अछुत हुन सकेको छैन् । नेपालमा हालसम्म ३ हजार ५ सय २४ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको ‘मिडिया ब्रिफिङ’का क्रममा प्रवक्ता डा. विकास देवकोटाले मुलुकमा कोरोना परीक्षण बढिरहेको बताए ।

२४ घण्टामा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ४०१ नमुना परीक्षण भएको छ । उपत्यका बाहिर मात्र २२९ नमुना परीक्षण गरिएको छ, प्रवक्ता देवकोटाले परीषणको दायरा बढाएसंगै नमुना परीषण समेत बढीरहेको बताए ।

शुक्रबार सम्म मात्र आइसोलेसनमा देशभरी १२५ जना रहेका छन् । काठमाडौंमा १५ जना आइसोलेसनमा छन् भने उपत्यकाबाहिर १०० जना रहेका छन् । क्वारेन्टाइनमा हालसम्म ८ हजार ६६० जना रहेका छन् । हालसम्म ९ जनामा पोजेटिभ देखिएको छ जसमध्ये एकजनालाई रिकभर पनि गरिएको छ ।

छिमेकी देश भारतमा पनि भाइरसको संक्रमितको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ । भारतमा अहिले सम्म ६ हजार ७ सय ७१ संक्रमित भेटिएका छन । जसमध्ये २ सय २८ जनाको ज्यान गईरहेको छ भने, ६ सय ३५ जनाको उपचार सफल भएको छ ।

पछिल्लो समय भारतमा मुस्लिमहरुको संगठन ‘तबलीगी जमात’को एक धार्मिक कार्यक्रम भएपछि ठूलो संख्यामा संक्रमण फैलिएको छ । यो कार्यक्रमपछि तबलिगी जमातसँग सम्बद्ध व्यक्तिहरू ठूलो संख्यामा संक्रमित पाइएको भारत सरकारले समेत खुलासा गरेको छ । यो कार्यक्रममा नेपालबाट पनि मुस्लिमहरु सहभागिता जनाएका थिए ।

लकडाउनको उलंघन गरी भारतबाट अवैध रुपमा नेपाल प्रवेश गरेको दर्जनौ तबलीगी जमातीलाई पर्सा र बाराका प्रहरीले विभिन्न नाकाबाट पक्राउ गरी क्वारेन्टाईनमा राखिएको थियो । पक्राउ परेकाहरु अधिकांश पूर्वका सप्तरी, रौतहट, सर्लाही र बारा जिल्ला निवासी रहेका छन । उनीहरुलाई उनकै जिल्लामा स्थापना गरिएको क्वारेन्टाईनमा राखेर उपचार भईरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी गराए ।

नेपालसँग सीमावर्ती भारतको बिहार राज्यको पश्चिम चम्पारण जिल्लाका प्रमुख जिल्ला अधिकारीले नेपालको पर्सा जिल्ला निवासी जालिम मुखियाले भारतमा कोरोना भाइरसको संक्रमण फैलाउने योजना बनाइरहेको भन्दै आफू मातहतका निकायमा निर्देशन सर्कुलर जारी समेत गरेका छ ।

उनले आफूलाई नेपाल भारत सीमामा तैनाथ सीमा सुरक्षा बलले जालिमले भारतमा कोरोनाभाइरस फैलाउने योजना बनाएको भन्दै रिपोर्टिङ गरेको पत्रमा उल्लेख गरेका छन् । पुलीस अधीक्षक, अनुमंडल पदाधिकारी र प्रखण्ड विकास अधिकारीलाई पठाइएको पत्रमा पर्सा जिल्लाका जालिम मुखिया नामका एक नेपालीले भारतमा कोरोना भाइरस फैलाउने योजना बनाइरहेको उल्लेख छ ।

पत्रमा जालिम मुखिया नेपाल र भारतमा अवैध हतियार तस्करीमा सहभागी भएको पनि आरोप लगाइएको छ । मुखिया पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष समेत हुन् । उनको असलि नाम जालिम मियाँ हो । नेपालको एक निर्वाचित जनप्रतिनिधिमाथि लागेको यो ठुलो आरोप हो । भारतका विभिन्न मिडियोले यो खबरलाई प्राथमिकता साथ प्रशारण गरीरहेका छन् ।

भारतीय मिडियामा यो समाचार आएपछि नेपाल र भारतको सिमावर्ती शहरमा अहिले कोरोनाको नाममा आंतकित नै बनेका छन् । भारतको पश्चिम चम्पारण, बेतिया (बिहार) जिल्ला पदाधिकारी विश्वास भाजनले आफू मातहत रहेका प्रहरीलाई पठाएको गोप्य पत्रमा ४० र ५० जना कोरोनाका संकास्पद बिरामी मियाँले भारत पठाएको दावी गरिएको छ । साथै पत्रमा सीमामा सतर्कता बढाउन र कुनै पनि प्रकारको संदिग्ध गतिविधि गर्न नदिन पनि प्रहरीलाई निर्देशन दिइएको छ ।

के भन्छन् अध्यक्ष जालिम मियाँ ?
अध्यक्ष जालिम मियाँले आफुमाथि लागेको आरोप निराधार र झुटो भएको बताएका छन् । शुक्रबार भारतीय संचारमाध्यमा उनीको विरुद्ध समाचार आउँन थालेपछि एक भिडियो सार्वजनिक गर्दै आफ्नो चरित्र हत्या गर्ने गरि प्रशारित समाचारप्रति प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाई जानकारी गराइसकेको भन्दै उहाँले वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासमा पनि यसबारे जानकारी लिने बताएका छन् ।

अहिले विश्व नै कोरोनाको संक्रमणबाट कसरी जोगिने भनेर लागिरहेका बेला आफूले फैलाउने भन्ने बारे सोच्न पनि नसकिने भन्दै उनले आफ्नो चरित्र हत्या गर्ने गरि समाचार प्रशारण गर्ने भारतीय सञ्चारमाध्यमलाई कारवाही गर्न महावाणिज्य दूतावासमार्फत माँग गर्ने बताएका हुन् ।


भारतीय सञ्चारमाध्यमले मियाँको नामनै किटेरै भारतमा कोरोनाको संक्रमण फैलाउन यसको शंकास्पद बिरामी पठाएको भनेर खबर प्रशारण गरेपछि अहिले यो विषयले चर्चा पाइरहेको छ । आफू स्थानीय सरकार प्रमुख भएको र अहिले कोरोना संक्रमण फैलन नदिन विभिन्न काम गरिरहेका बेला भारतीय सञ्चारमाध्यममा आफू विरुद्ध षड्यन्त्रपूर्वक ढंगले खबरहरु प्रशारण भइरहेको भन्दै यसमा कुनै पनि सत्यता नरहेको मियाँको दावी छ ।

के भन्छन् पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता ?
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्त ललित कुमार बस्नेतले आफूले यस विषयमा कुनै आधिकारी जानकारी नपाएको उनको भनाई छ ।

उनले भने– ‘विभिन्न भारतीय संचारमाध्यमा पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको बारेमा समाचार आईरहेको खबर सुनेको छु, यर्थात के हो आधिकारीक जानकारी छैन् ।’
माथिलो निकायबाट पनि यो विषयमा कुनै निर्देशन आएको छैन्, यदी त्यस्तै हो भने, आदेश आउँना साथ हामी कारवाहीको प्रकृया अगाडी बढाउँछौ ।

मियाँ माथि शंका नगर्ने अधार के ?
भारतको दिल्लीमा कोरोना भाइरस संक्रमण फैलाउन भूमिका खेलेको भनिएको मुस्लिमको धार्मिक सभामा सहभागी भई नेपाल प्रवेश गरेको आशंकामा गत चैत १९ र २० गते पर्साबाट प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको थियो ।

पर्साको ग्रामीण भेगमा रहेका मदर्शा र मस्जिदमा लुकेर बसेको अवस्थामा उनीहरूलाई प्रहरीले विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको हो । जालिम मियाँको गाउँ जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ स्थित मस्जिदमा लुकेर बसेका १५ जनालाई र पर्टेवा सुगौली गाउँपालिका १ गदियानी स्थित मस्जिदमा लुकेर बसेका ११ जना गरी २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


उनीहरू भारत दिल्लीकै निजामुद्दिन मर्कजमा भएको तीनदिने अन्तराष्ट्रिय तबलीगी जमातमा सहभागी भई पर्सामा लुकेर बसेको आशंका गरिएको थियो । जगरनापुरको मस्जिदबाट प्रहरीले नियन्त्रणमा लिएका १५ मध्ये पर्साका २ जना मात्र थिए । अन्य बारा, सर्लाही , रौतहट र सप्तरी जिल्लाका हुन् ।

स्थानीयले दिएको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय पर्साबाट चैत २० गते बिहीबार प्रहरी निरक्षक रवि यादवको नेतृत्वमा गएको प्रहरी टोलीलाई गाउँपालिका अध्यक्ष जालिम मियाँले नै पक्राउ गर्नबाट रोक लगाएका थिए ।

शुरुमा अध्यक्ष मियाँले उनीहरुलाई प्रहरी नियन्त्रणमा लिन दिएन । प्रहरीलाई रोक्न खोजेपछि त्यहाँको स्थिती नै तनावपूर्ण भएको थियो । तर प्रहरीले धैर्यता अपनाउँदै बेलुका सम्म सम्झाई बुझाई गरेपछि मात्र मियाँले सर्त राखेर उनीहरुलाई प्रहरी नियन्त्रणमा दिएका थिए ।

अध्यक्ष मियाँले प्रहरीको म्यानमा नभई गाउँपालिकाकै गाडिमा र एम्बुलेन्समा ओसोर्न सर्तमा उनीरुलाई छाडेका थिए । अध्यक्ष मियाँ चढ्ने गाउँपालिकाकै ना २ झ ४२४४ नम्बरको गाडी र नम्बर खुल्न नसकेको एक एम्बुलेन्समा राखेर साँझ मात्र वीरगन्ज पु¥याएको प्रहरी निरिक्षक यादवले बताए ।


अध्यक्ष मियाँको यो रवैयाले नै शंकाको प्रश्नचिन्ह खडा भएको छ । यदी उनीहरुमा कोरोनाको भाइरस वा भारतको दिल्लीमा आयोजित तबलीगी जमानबाट फर्केका थिएन भने, प्रहरीको कारवाहीमा किन रोक लगाएका थिए ? यो चासोको विषय नै बनेको थियो । स्थानिय प्रशासनले जनप्रतिनिध भएकै कारण गम्भिर रुपमा चासो नलिएको स्थानियले समेत आरोप लगाउँदै आएका छन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh