प्रकाशित मिति -२०७६ चैत २८ गते.
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने औषधि पत्ता लागेको बताउनुभएको छ ।
ह्वाइट हाउसले बनाएको कोरोना टास्क फोर्सको नियमित प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी औषधि उत्पादन गरेको बताउनुभयो । उहाँले सो औषधिको मानवीय परीक्षण चाँडै सुरु हुने पनि बताउनुभयो ।
ट्रम्पले ब्रिफिङका क्रममा औषधि उत्पादक सो औषधि या उपचार पद्धतिप्रति अति नै आशावादी र उत्साही रहेको बताउनुभयो । अहिले त्यसको फुड एण्ड डर्ग एड्मिनिस्ट्रेसन (एफडीए) ले परीक्षण गरिरहेको उहाँले जानकारी दिनुभयो ।
उपराष्ट्रपति माइक पोम्पेओले अहिले दैनिक १ लाखको कोरोना परीक्षण भइरहेको जानकारी दिनुभयो । उहाँले यो परीक्षणलाई अझै बृहत रुपमा अघि बढाउन कोशिस भइरहेको जानकारी पनि सो क्रममा दिनुभयो ।
तपाईको प्रतिक्रिया !
