प्रकाशित मिति -२०७६ चैत २८ गते।
रौतहट । रौतहट स्थित एक मस्जिदमा लकडाउनको अवधिमा भिडभाड नगर्न अनुरोध गर्न गएका एकजना नेपाल प्रहरीका असई माथी हातपात भएको छ ।
मुश्लिमहरुको पर्व सबे बारातको पुर्व संध्यामा बिहिवार साँझ रौतहटको परोहा नगरपालिका अन्तरगत तेजापाकड मस्जिदमा भिढभाड नगर्न सम्झाउन गएका असई उपर हातपात भएको हो ।
तेजापाकड स्थित मस्दिजमा एकैठाँउमा सैयौको संख्यामा मुश्लिमहरु जम्मा भएर नमाज पढीरहेको बेला सम्झाउन गएका नेपाल प्रहरीका असई मुनमुन सिंह उपर मुस्लिम युवाहरुले हात पात गरेको प्रत्यक्षदर्सीले बताएका छन ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस को संक्रमण नियन्त्रण गर्न सरकारले अगामी बैशाख ३ गते सम्मको लागी लकडाउनको घोषणा गरेको छ ।
लकडाउनको अवधिमा औषधी पसल बाहेक सबै ब्यापार ब्यवसाय बन्द छ ,सबै सवारीसाधन ठप्प भएको छ , सरकारले घर बाहिर न निक्लन जनता संग अपिल गरेको छ ।
तर यसै अवधिमा गएराती ७ बजे मुश्लिमहरुको एक पर्वको अवसर भन्दै तेजापाकड स्थित एउटा मस्जिदमा एकैठाँउमा दुुईसय बढी मानिस नेमाज पढीरहेका थिए ।
बिषेश सुचनाको आधारमा प्रहरीचौकी लौकाहाका असई मुनमुन सिंह मस्जिदमा गएर त्यसो नगर्न एकठाँउमा ठुलो संख्यामा मानिस जम्मा न हुन आग्रह गएका थिए ।
असई सिंहले लकडाउन उलंघन नगर्न भिडले कोरोना भाईरसको संक्रमण बढनसक्ने कुरो सम्झाई रहँदा केही युवाहरुले उनीमाथी हातपात गरेका थिए ।
घटनालगतै जिल्ला प्रहरी कार्यालय गौर,आसपास बाट नेपाल प्रहरी सशस्त्र प्रहरी ठुलो संख्यामा परिचालन पछी तेजापाकडको अवस्था साम्य भएको एकजना प्रहरी अधिकृतले बताएका छन ।
असई सिंह माथी हातपात गरेको अभियोगमा मस्जिद बाट प्रहरीले ३ जना युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा परोहा नपा ३ २६ बर्षिय कलाम अन्सारी,सोही ठाँउका १७ बर्षिय साजिद अन्सारी र बर्ष १६ का लालुु अन्सारी रहेको रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडकाले बताएका छन।
पक्राउ परेका तिनैजना जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको र घटनाको प्रकृया अनुसार मुद्धा चलाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकोछ ।
लकडाउन सुुरुभए यता भारत लगायत बिभिन्न स्थानको जमात बाट फर्किएका दर्जनौ मौलवी मौलानाहरु तराईका क्वारेन्टाईनहरुमा राखिएका छन ।
केहीसमय अघि एकधार्मिक कार्यक्रममा नेपाल आएका नौजना पाकीस्तानी नागरीक रौतहट प्रहरीको निगरानीमा छन ।
उनीहरुलाई कोरोना भाईरस भए नभएको जाँचका लागी एक मस्जिदमा कवारेन्टाईनमा सरह राखिएको रौतहटका सिडिओ बाशुदेव घिमिरेले जानकारी दिनुु भयो ।
केहीदिन अघि भारतको दिल्ली स्थित नेजनमुदिन मस्जिदमा भएको एक कार्यक्रमको कारण भारतको अधिकांस राज्यमा कोरोना भाईरसको संक्रमण बढेको छ ।
दिल्लि बाट फर्किएका नेपाली जमातीहरु पनी बिभिन्न जिल्लाको क्वारेन्टाईनमा राखिएका छन । तर केही मानिस अहिले सम्म सम्पर्कमा आउन नसकेको प्रहरीको भनाई छ।
बर्तमान अवस्थामा स्थानिय प्रशासनका साथै सबै जनप्रतिनिधी र अगुुवाहरु सकृय नभएमा कोरोना भाईरसको संक्रमण नियन्त्रण हुनेमा संका उत्पन्न भईरहेको जानकारहरुको ठम्मयाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !