नयाँदिल्ली, २०७६ चैत २७ गते-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन हप्ता लामो लकडाउन अप्रिल १४ पछि पनि बढाउने बताएका छन् ।
उनले बुधबार कोरोना भाइरसले ‘राष्ट्रिय आपतकाल’ को सिर्जना गरेको बताउँदै थप कडा सामाजिक दुरी लागु गर्न आवश्यक रहेको उनले बताए ।
प्रधानमन्त्री मोदीको एक बाहिरिएको अडियो अनुसार उनले अरु मुख्यमन्त्री र न्यायीक अधिकारीहरुसँगको कुराकानीले तत्कालै लकडाउन हटाउन नसकिने अवस्था रहेको बताएका हुन् । उनले यसका लागि मुख्यमन्त्रीहरूसँग पुन कुरा गर्ने बताए ।
ुयतिबेला लकडाउन खोल्न कुनै पनि हिसाबमा सम्भव छैन । तर सबैले सामाजिक दूरी कायम गर्नु जरुरी छु, मोदीले भने, ‘हामी राष्ट्रिय आपतकालिन समयमा जस्तै गइरहेका छौ । समय–समयमा अभूतपुर्व कदम चाल्न बाध्य बनाएको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !