प्रकाशित मिति – २०७६ चैत २६ गते- दाङ । लकडाउनका समयमा पत्रकार भन्दै मोटरसाइकल चलाएर हिँड्ने एक युवालाई प्रहरीले बुधबार तुलसीपुरमा पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका १७ का २८ वर्षीय मेघराज सुनारलाई पत्रकार भन्दै बा ८७ प १००६ नम्बरको मोटरसाइकल चलाइरहेको बेला प्रहरीले तुलसीपुर ६ हात्तिखौवाबाट नियन्त्रणमा लिएको हो ।
बाटोमा प्रहरीले रोकेपछि उनले पत्रकार भन्दै परिचयपत्र देखाएको र त्यसबारे बुझ्दा उनी पत्रकार नभएको फेला परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिनु भयो ।
सुनारलाई आवश्यक अनुसन्धान गरी कारबाही गरिने उनले बताए ।

















