प्रकाशित मिति-२०७६ चैत २५ गते सिरहा । जिल्ला समन्वय समिति सिरहाका उप-सभापति सरोज यादवले कोराना भाइरसको संक्रमण हुन नदिन भइरहेका प्रयास निकै प्रसंसनीय भएको बताएका छन् । उनले यो विपतका बेला आइपर्ने चुनौति संग लड्नको लागि पारदर्शिताको खाँचो औलाए । यहाँका स्थानीय तहहरूमा खाद्यन्न वितरण मास्क तथा अन्य सामाग्री वितरणमा हुनु आफैमा राम्रो पक्ष हो , उप-सभापति यादव भन्छन्,‘ दैनिक उपभोग्य वस्तु वितरणमा वास्तविक बिपन्न परिवारको पहिचान गर्नु पर्ने देखिन्छ । स्थानीय तहमा रहेका सम्पूर्ण घरधुरीलाई चामल, नुन, तेल बाड्नु उपयोगी नहुने भएकोले अतिविपन्न नागरिकको पहिचान गरेर संयमताका साथ निर्णय गरि कार्यक्रम कार्यन्वयन गर्दा उपयुक्त होला । ’
उनले वास्तविक विपन्न परिवारको पहिचान गरि दैनिक उपभोग्य बस्तुको सहयोग गर्नु पर्ने, कपडाको सिलाएको मास्कले कोराना भाईरसलाई रोक्न नसक्ने भएकोले विज्ञ संगको परामर्शका आधारमा मास्क वितरण गर्नु पर्ने, हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मी थर्माेमिटर काखीमा च्यापेर चार वटा मास्क र ८ जोडा प्लाष्टिक ग्लोब्स उपयोग गरि स्वास्थ्य जाँच गरि रहेका छन् ।, यसले स्वास्थ्यकर्मी लाई थप जोखिममा पार्ने भएकोले जोखिम न्युनिरकणका लागि सबैको ध्यान केन्द्रित हुनु पर्ने सुझाव दिइएका छन् ।
उप-सभापति यादवले कोराना नियन्त्रणका लागि स्थानीय यूवा , स्वास्थ्य कर्मीहरूको प्रयोग गरी र जनचेतनामूलक कार्यक्रम संचालन गर्नु पर्ने सुझाव पनि दिएका छन् । स्थानीय, प्रदेश र संघीय सरकारले उपलब्ध गराउने राहत सामाग्री पहुँचका आधारमा पनि विपन्नताका आधारमा वितरण हुनु पर्ने बताएका छन् । नजानेको नबुझेको विषय विज्ञ संगको परामर्शका आधारमा स्पष्ट हुनु पर्ने बताउँदै उप-सभापति यादवले थपे,‘ मनोमानी ढंगले काम नगरौँ,असल नियत र दुरगामी महत्व दिने खालका क्रियाकलाप गरौँ । कोराना भाइरसको संक्रमणबाट आफु पनि बचौँ, अरुलाइ पनि बचौँ । यो अहिलेको जिम्मेवारी हुनेछ । ’
फेसबुकबाट तपाईको प्रतिक्रिया !