२०७६ चैत २५ गते काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ गरेको छ। ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा उनलाई पक्राउ गरेको हो।
पाँच हजार बजार मूल्य पर्ने ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गरेको आरोपमा महाशाखाको टोलीले उनलाई नक्सालबाट पक्राउ गरेको हो। उनको गाडीबाट ६७ वटा थर्मल गनसमेत बरामद भएको छ
कूटनीतिक नियोगको सवारी साधन २०९ एचसिसी १ नम्बरको गाडीमा थर्मल गन बोकेर महँगोमा बेच्दै हिँडेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।
अग्रवाल मेडिकल सामग्री बिक्रेता होइनन्। तर केही समयअघि शंकर ग्रुपले चीनबाट उक्त सामग्री ल्याएको थियो। विभिन्न व्यवसायीको सामान लिन चीन उडेको नेपाल एयरलाइन्सको जहाजमा उक्त कम्पनीले सेटिङ गरेर आफ्नो सामान मात्रै ल्याएको थियो।
तपाईको प्रतिक्रिया !
