Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

करिब आठ दशकयता कल्धरीले थुप्रै महामारी झेले


चैत २४ गते २०७६ साल अछाम । करिब आठ दशकयता कल्धरी सुवेदीले थुप्रै रोग र महामारीको साक्षी बनेकी छन् । अहिले विश्वभर कोरोना भाइरसको त्रास छ । तर, यो त्रासले मंगलसैन नगरपालिका वडा नम्बर –५ की ८२ वर्षीया कल्धरी सुवेदीलाई पनि सशंकित बनाएको छ ।

उनले कोरोनालाई आफूले भोगेका महामारीभन्दा बेग्लै खालको भएको बुझेकी छन् । ‘उहिले गाउँबाट रोग पैदा हुन्थे । सहरका अस्पतालमा उपचार गरे निको हुन्थ्यो । अहिले त रोग आयो भन्दै सहरबाट गाउँ पसेको देखेर अचम्म लागेको छ,’ उनले पुराना दिन स्मरण गरिन्, ‘उहिले ठूलो हल्क्या (हैजा) आउँदा मान्छेलाई छोए सथ्र्यो, मरिन्थ्यो । अहिले पनि त्यस्तै भएको छ ।’


ठूलो हल्क्या (हैजा) महामारीका रूपमा आएको साल उनी ८ वर्षकी थिइन् । ७ वर्षमै उनको बिहे भइसकेको थियो । ‘बान्ता, झाडापखाला हुने र मान्छे मरिहाल्ने हुन्थ्यो । धारा, मेलापात, खेतबारी जो जता गए उतै मर्थे । मरेकाले मलामीसमेत पाएनन्,’ उनले ती कठिन दिन सम्झिइन्, ‘गाउँमा एकै दिन ५/६ जना मर्थे । देवीदेउता पुकार्नुबाहेक अरू उपचार केही थिएन ।’


त्यति बेला पनि हैजा सर्ने डरले घरबाट बाहिर निस्कनै नदिने गरेको उनलाई सम्झना छ । ‘मलाई त अहिलेभन्दा उति बेलाको महामारी ठूलो हो जस्तो लाग्छ । हामीले धन्न ज्यान जोगायौं,’ उनले भनिन्, ‘अहिले त के रोग आयो, कति मरे सबै थाहा हुन्छ । उहिले यस्ता महामारी र रोगबारे सबैलाई जानकारी कहाँ हुन्थ्यो र !’


मंगलसैन–५ कै ८० वर्षीया कुसी सुवेदी त्यति बेलाका विपद्मा कतिले पानीसमेत खान नपाएको बताउँछिन् । ‘साठी वर्ष अगाडि होला खडेरी पर्‍यो । बालीनाली सबै सुक्यो । गाउँमा सबैका ओठमुखै सुके । वर्षभरि नै त्यस्तै भइरह्यो । त्यसताका मेरा तीन महिना र ६ महिनाको बच्चा गर्भमै मरे,’ उनले सुनाइन् ।


उनका अनुसार खेतीपाती, अन्न, पानी केही नहुँदा गाउँ नै सुनसान र सुक्खा बनेको थियो । अहिलेभन्दा त्यतिबेलाका महामारीमा बाँच्न धेरै कठिन भएको उनको अनुभव छ । ‘आपत्विपत् पर्दा जसको घरमा जे छ त्यही बाँडेर खान्थ्यौं । कति दिन भोकै बस्यौं,’ कुसीले थपिन्, ‘सुत्केरीले खान नपाएरै ज्यान गुमाए । अहिले त खान समस्या भएको छैन ।’


देउतालाई भाकल गर्नेबाहेक त्यतिबेला बाँच्ने अरू उपाय नै नभएको उनको भनाइ छ । ‘खडेरी पर्‍यो, भोकमरी भयो, हैजा आयो अरू यस्ता रोग महामारी त कति आए कति । यी सबै रोगसँग लड्यौं । आफूसँग जे छ त्यही बाँडीचुँडी खायौं,’ कुसीले उतिबेलाका दिन सम्झिइन् ।



उनीहरूका अनुसार उहिले प्रत्येक घरमा कम्तीमा चारदेखि पाँच शिशुको मृत्यु भएकै हुन्थ्यो । अछाम बारलाकी ७३ वर्षीया सरु सुनारले ११ मध्ये नौ सन्तान गुमाएको बताइन् । ‘कोही गर्भमै मरे, कोही जन्मेको एक घण्टामै । कसैलाई ज्वरो, कसैलाई हैजा, कसैलाई निमोनिया भयो,’ उनले भनिन्, ‘गाउँमा स्वास्थ्य चौकी थिएन, दैलेख लैजान बाटो थिएन । जति जन्मे पनि मरिहाल्छन् भन्ने लाग्थ्यो ।’


अहिले पनि उपचार नै गर्न नसकिने खालको महामारी फैलिएको सुनिएकाले उस्तै डर लागेको सुनाइन् पिउली विकले । ‘उहिले पनि गाउँमा रोग देखिए भगवान् सम्झेर बस्थ्यौं, अहिले पनि त्यस्तै भएको छ,’ विकले पछिल्लो अवस्थाबारे बताइन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

ज्वाइँले जग्गा हड्पेपछि ससुराको अकालमै मृत्यु
अन्य

ज्वाइँले जग्गा हड्पेपछि ससुराको अकालमै मृत्यु

4 days पहिले
नेपाल र भारतबीच के–के भयो सम्झौता ?
जनप्रभाबन्युज विशेष

नेपाल र भारतबीच के–के भयो सम्झौता ?

5 days पहिले
मेयर महेश चौधरीमाथि झुठो आरोप लगाउँदै प्रदेशसभा सदस्य ललिता दास
अन्य

मेयर महेश चौधरीमाथि झुठो आरोप लगाउँदै प्रदेशसभा सदस्य ललिता दास

7 days पहिले
नेपाल प्रहरी श्रीमती संघ जुट्याे उद्यमशिलता तर्फ
समाज

नेपाल प्रहरी श्रीमती संघ जुट्याे उद्यमशिलता तर्फ

3 weeks पहिले
‘घण्टी कांग्रेस’का नेताहरूको थरिथरीका काण्डहरू
अन्य

‘घण्टी कांग्रेस’का नेताहरूको थरिथरीका काण्डहरू

3 weeks पहिले
उपमेयर महतोको व्यवहारबाट आजित भएर लहान नगरपालिकाका कर्मचारी र शिक्षक आन्दोलित
अन्य

उपमेयर महतोको व्यवहारबाट आजित भएर लहान नगरपालिकाका कर्मचारी र शिक्षक आन्दोलित

3 weeks पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

11 hours पहिले
बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

11 hours पहिले
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

1 day पहिले
वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

1 day पहिले
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

1 day पहिले
देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

1 day पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh