Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

देशव्यापी बन्दले अर्थतन्त्रमा नकारात्मक असर- मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण



चैत २१ गते शुक्रबार
काठमाडौं । मुलुकको कुल गार्हस्थ्य उत्पादन चालु आवमा ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण गरिएको छ। उच्च कृषि उत्पादन, पर्यटक आगमन, विप्रेषण आप्रवाहमा भएको बढोत्तरी तथा निजी क्षेत्रबाट भएको लगानी वृद्धिले अघिल्लो वर्ष ७.१ प्रतिशतको हाराहारीमा रहेको थियो।

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस ( कोभिड–१९ ) को जोखिमका कारण यही चैत २५ गतेसम्म देशभर गरिएको लकडाउन, उत्पादन, सेवा क्षेत्र र विप्रेषण आप्रवाहमा ह्रास भई आर्थिक वृद्धि घट्ने प्रक्षेपण गरिएको हो।

एशियाली विकास बैंक (एडिबी)ले मनिलामा आज सार्वजनिक गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को महामारीका कारण उत्पादन र आपूर्ति शृङ्खलामा आउने अवरोधले चालु आर्थिक वर्षमा वार्षिक औसत मुद्रास्फीति ६.० प्रतिशत वृद्धि हुनेछ।

चालु आवको पहिला सात महिनामा खाद्य तथा ऊर्जाजस्ता वस्तुको उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको ४.२ प्रतिशतको तुलनामा बढेर औसतमा ६.५ प्रतिशत पुगेको छ। गत माघको अन्त्यतिर सागसब्जी, मसला र मदिराजन्य पेय पदार्थसहित खाद्य वस्तुको मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले बढेको, कोभिड–१९ का कारण अस्थायी रुपमा गरिएको सीमा बन्दले खाद्यान्नको मूल्य बढाएको, महामारीका कारण स्थिति जटिल बनेमा मुद्रास्फीतिमा थप वृद्धि हुनेछ।

आव ०७६/७७ को पहिला सात महिनामा वस्तु व्यापार घाटा अघिल्लो वर्षको १५ प्रतिशतको विस्तारको तुलनामा ४.९ प्रतिशतले घटेको छ। भारतमा पाम तेल र अलैँचीको निर्यातसाथ भएको उच्च निर्यात वृद्धि र निर्माण सामग्री, सवारी साधन तथा पेट्रोलियम पदार्थको घट्दो आयातले गर्दा व्यापार घाटामा सङ्कुचन आएको छ। सुधारिएको व्यापार सन्तुलनले गत माघको अन्त्य सम्म चालुखाता घाटा अघिल्लो वर्षको सोही अवधिको रु १ अर्ब ५० करोड डलरबाट १ अर्ब डलरमा राख्न सहयोग पुगेको छ।

पेट्रोलियम पदार्थ, पुँजीगत तथा उपभोग्य वस्तुको आयातमा कमी आउँदा यो घाटा आव २०७५÷७६ को कुल गार्हस्थ उत्पादनको ७.७ प्रतिशबाट ५.४ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ। यद्यपि चालु आवको अन्तिम त्रैमासमा विप्रेषण आप्रवाहमा कमी आएमा चालुखाता घाटा अझ बढ्नेछ।

कोभिड–१९ चाँडै समाप्त हुने, यसपछिका आर्थिक गतिविधि निर्वाध सञ्चालन हुने र मनसुन सामान्य रहने अनुमानका आधारमा एडिबीले आगामी आवमा नेपालको कुल गार्हस्थ उत्पादन ६.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ। एडिबीले आव २०७७÷७८ (सन् २०२१) मा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूरा हुने र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आउने अपेक्षा गरेको छ।

प्रदेश र स्थानीय तहमा हुने उच्च खर्चले पनि आर्थि वृद्धिलाई थप बल प्रदान गर्नेछ। कोभिड–१९ का कारण उत्पन्न अवरोधपछिका गतिविधिहरु सामान्य अवस्थामा फर्कने, कृषि उत्पादन राम्रो रहने र पेट्रोलियम पदार्थको मूल्य घट्ने तथा भारतको मुद्रास्फीतिमा सामान्य वृद्धि हुने अनुमानका आधारमा आव ०७७/७८ मा औसत वार्षिक मुद्रास्फीति ५.५ प्रतिशत रहने अनुमान गरिएको छ।

पुँजीगत वस्तु आयातमा वृद्धि हुँदा चालु खाता घाटा चालु आवको कुल गार्हस्थ्य उत्पादनको ५.० प्रतिशतबाट ५.६ प्रतिशतले बढ्ने तर यो घाटा पेट्रोलियम पदार्थको मूल्यमा कमी आउने तथा निरन्तर विद्युत् आपूर्तिका कारण पेट्रोलियम पदार्थको आयातमा क्रमशः कमी आउने र भारतमा विद्युत् निर्यातमा वृद्धि हुने कुरामा निर्भर रहने प्रतिवेदनमा उल्लेख छ।

आव ०७७/७८ को सम्भाव्य जोखिममा कोभिड–१९ को महामारी निरन्तर नै रहेको अवस्थामा त्यसले अर्थतन्त्रलाई निकै नकारात्मक असर पार्न सक्ने सम्भावना रहेको छ। असामान्य मनसुन र बाढी पहिरोजस्ता प्राकृतिक जोखिमले कृषि उपजमा कमी ल्याउनुका साथै पूर्वाधारहरुमा क्षति पुर्‍याउन त्रास पनि कायम छ।

प्रदेश र स्थानीय तहमा आयोजना र कार्यक्रमहरुको कार्यान्वयन क्षमताको कमी विद्यमान रहँदा त्यसले तिनीहरुको खर्च कमजोर बनाउँछ। कोभिड–१९ को महामारीले विश्वव्यापी मागमा कमी ल्याउने छ र त्यसले वैदेशिक रोजगारीका लागि बाह्य आप्रवासनमा असर र नेपालको बाह्य क्षेत्रको स्थायित्वमा दबाब पार्नेछ।

देशव्यापी बन्दले अर्थतन्त्रमा नकारात्मक असर

यसैबीच, नेपालका लागि एडिबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभ कोभिड–१९ महामारीको विश्वव्यापी विस्तार र त्यसको सङ्क्रमण नियन्त्रणका लागि आवश्यक देशव्यापी बन्दले अर्थतन्त्रमा नकारात्मक असर पार्ने बताउँछन्। औद्योगिक र सेवा क्षेत्रले आपूर्तिमा अवरोधको सामना गर्नुपरेकाले आर्थिक वर्षको अन्तिम त्रैमासमा आन्तरिक माग घटाउने गरी विप्रेषण घट्ने सम्भावना रहेको उनको अनुमान छ।

धानको उत्पादन कम भएका कारण पनि आर्थिक वृद्धि कम रहने उनी ठान्छन्। उनी भन्छन्, ‘कोभिड–१९ का कारण अवस्था अरु बिग्रियो भने आव २०७६/७७ को वृद्धि अहिले अनुमान गरिएभन्दा अरू कम हुन सक्नेछ।’

आगामी आवमा चारसय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तथा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भई मुलुकको आर्थिक गतिविधि वृद्धिमा बढोत्तरी हुने अपेक्षा गरिएको छ।

सोही स्थानमा तयार भएको विशेष आर्थिक क्षेत्रको पूर्ण सञ्चालन तथा उद्योग स्थापना, कर दाखिलाजस्ता उद्योगधन्दा स्थापनाका प्रक्रियागत झन्झटको अन्त्य भएमा वैदेशिक लगानी आकर्षित भई औद्योगिक विकासमा योगदान पुग्ने ठानिएको छ।

त्यसैगरी विशेष आर्थिक क्षेत्र प्राधिकरणले लगानीकर्तालाई करसहुलित प्रदान गर्नेजस्ता प्रवद्र्धनात्मक कार्यक्रम कार्यान्वयन गरेमा आर्थिक उन्नयनमा टेवा पुग्नेछ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

8 months पहिले
दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ
आर्थिक

दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ

8 months पहिले
इजरायल पुगेर विपिनका आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्
अन्तर्राष्ट्रिय

इजरायल पुगेर विपिनका आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्

12 months पहिले
भुक्तानी सेवा प्रदायकमाथि राष्ट्र बैंकको कडाइ
आर्थिक

भुक्तानी सेवा प्रदायकमाथि राष्ट्र बैंकको कडाइ

12 months पहिले
सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ
अपराध

सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ

1 year पहिले
विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ५ करोड ठगी आरोपमा मुद्दा दायर
आर्थिक

विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ५ करोड ठगी आरोपमा मुद्दा दायर

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh