सिरहा, चैत २१ गते : सिरहाको अर्नामा गाउँपालिका ४ लक्ष्मीपुर घर भएका एक ईन्जिनियरिङ विद्यार्थीको बिहिवार राती करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्नामा गाउँपालिका ४ लक्ष्मीपुर निवासी पुने लाल महतोको छोरा मिथलेश कुमार सिंह रहेकोे छ । उनी काठमाडौंको पुतलीसडक स्थित कान्तिपुर सिटि ईन्जिनियरिङ कलेजमा सिभिल पढिरहेको थियो ।
उनी केही दिन अगाडि कोरोना भाइरसको लकडाउनमा लक्ष्मीपुर स्थित घर आएका थिए।

















