– चैत १७ गते सोमबार . सिरहा । अहिले नेपालको अवस्था जस्तो छ, करिब १ महिना अगाडि इटालीको अवस्था पनि त्यस्तै थियो । सरकारले हरेक ठाउमा बन्दी गरेको थियो, मानिसलाई काम नपरी बाहिर ननिस्किन भनेको थियो, साबुनपानीले हात धुन, मास्क लगाउन भनेको थियो, भेला नहुन भनेको थियो, घर भित्रै बस्न भनेको थियो ।
तर अहिले हामीले कोरोना भाइरसलाई जस्तो सामान्य सोचेका छौँ, उनीहरुले पनि त्यस्तै सामान्य सोचेर सरकार लाई टेरेनन्, बाहिर निस्किन र हिंड्न छोडेनन्, भेला हुन छोडेनन्। अब अहिले हेर्नुस् इटालीको हालत कस्तो छ, हरेक दिन ५/६ सय मानिसहरुले ज्यान गुमाइरहेका छन, भाइरसका कारण मर्नेको संख्या केही दिनको अवधिमै ७८०० भन्दा बढी पुगिसकेको छ।
पछिल्लो २४ घन्टामा मात्रै ७५० जना जतिले ज्यान गुमाएका छन। सजिलो छैन यो मरण, तपाइलाई कोरोना लाग्यो भनेर थाहा पाउने बित्तिकै परिवारसंग भेट्न दिइदैन। मरेपछि पनि घर लैजान दिदैन। १ जनालाई लागिहाल्यो भने फैलिन धेरै समय लग्दैन, नेपाल सानो देश, त्यसमाथि हामीसंग कुनै प्रविधि छैन, त्यसैले हामी र हाम्रो देश सखाप हुन कत्ति पनि समय लाग्दैन।
अहिले हाम्रो सरकारले पनि हामीलाइ धेरै सुझावहरु दिईराखेको छ, तर हामीले त्यसलाई मजाकमा लिइरहेका छौ, यस्तै गर्यौ भने हाम्रो हालत पनि इटालीको जस्तो नहोला भन्न सकिँदैन। त्यसैले हामी पनि अहिल्यैबाट सचेत होऔँ। जथाभावी बाहिर ननिस्कौ।
लकडाउनको पूर्ण पालना गरौँ । बेलाबेलामा साबुनपानीले हात धोऔ र आफुले समातेका बस्तुहरुमा कुनै जीवाणु छैनन् भन्ने निश्चित होऔ। मास्कको प्रयोग गरौ । अत्यावश्यक सामान किन्न जाँदा कम्तीमा ३ फिटको दूरी कायम गरौं । आफू, आफ्नो परिवार, समुदाय र देशलाई कोरोनाभाइरसको संक्रमणबाट बचाउन जिम्मेवार बनौं । घरमै बसौं ।
आफू पनि सुरक्षित रहौँ र अरुलाई पनि सुरक्षित हुन निर्देशन दिऔ। एक असल र अनुशासित नागरिकको परिचय दिऔँ । नत्र भने हामी नेपालीको अस्तित्व पनि संकटमा छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !