सप्तरी,चैत १७ गते । सप्तरीको बलन बिहुल गाउँपालिका स्थित बलान खोलामा दुई युवाहरु शस्त्र प्रहरीद्वारा आइतबार कुटिएका छ्न ।
घरमा चहहिने अत्यावश्यक समानहरु किनमेल गरेरघर फर्किने बेलामा बलान विहुल गाउँपालिकामा सशस्त्र प्रहरीबाट दुई युवा कुटिएका हुन । उनिहरु बलान बिहुल गाउँपालिका ३ मौवहा बस्ने हरेकृष्ण साह र चन्दन यादव रहेको छ ।
कोरोना भाईरसलाई मध्यनजर गर्दै लकडाउनको उल्लंघन गरेको भन्दै निर्घात कुटपिट गरेको भिडियो पनि सार्वजनिक भएको छ । अहिले प्रहरी कतिपय ठाउँमा आतंकको नाममा बदनाम भैईरहदा सप्तरीमा ज्यादती गरेको भन्दै स्थानीयवासिन्दाहरुद्वारा आक्रोश ब्यक्त गरेका छ्न ।
उनीहरु अतिअावश्यक अाैषधी र घरायसी समान लिएर घर फर्किदै गर्दा बलान विहुल ४ बेल्हीकाे बलान नदिमा शस्त्र प्रहरी बल नेपाल बोर्डर रामनगर कोदरकट्टीका प्रहरीले मुर्गा बनाई बनाई ,उठबस गराई निर्घात कुटपिट गरेको पिडितहरुले गुनासो गरेका छ्न । घाईते दुबै जनालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको वडा अध्यक्षले बताए ।
लकडाउनको अवस्थामा औषधि तथा खाद्य सामग्री किन्नसमेत दिने नेपाल सरकारले निर्णय गरिएको छ । निश्चित समयमा खाद्यान्न तथा तरकारी पसलसमेत चलाउन दिने सरकारको निर्णय छ । लकडाउनमा कफ्र्युमा भन्दा केही लचकता हुन्छ । अत्यावश्यक सेवाका सवारीसाधन भने दुवै अवस्थामा अनुमति लिएर सञ्चालन हुन पाउँछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !