सिरहा चैत १७ गते । ग्यास सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।प्रहरी प्रधान कार्यालयले तस्बिरको बारेमा सामाजिक सञ्जालमा चर्को विरोध हुन थालेपछि यस विषयमा गम्भीरताका साथ छानबिन सुरु गरेको जानकारी दिएको छ ।
सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको दृश्य सार्वजनिक भएपछि आलोचना भएको थियो । त्यसपछि के उद्देश्यले सिलिण्डर बोकाइए भन्ने विषयमा छानविन थालिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !