लहान चैत १५ गते । प्रहरीले लागुऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैया बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मिर्चैया नगरपालिका- ८ बाट एक जनालाई लागुुुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले स २ प ९२ नम्बरको अपाचे मोटरसाइकल लाई चेकजाँच गर्दा जिल्ला सिरहा नगरपालिका – ३ बस्ने रामबाबु महतोको छोरा बर्ष २२ को सुन्दर कुमार सिंहको साथबाट ब्राउन सुगर – ४ ग्राम , नेपाली रुपैयाँ १५ हजार १ सय ३० रुपैयाँ र मोबाइल २ थान सहित सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्बेदीले जानकारी दिए । लागुऔषध कारोवार गर्ने र प्रयोग गर्नेलाई समेत कानुनी कटघरामा उभ्याउन सिरहा प्रहरी सफल देखिएको छ ।
उनीहरुलाई लागुऔषध तथा ओसार पोसार मुद्दामा अदालतमा पेश गर्ने एसपी चतुर्बेदीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया !