सिरहा चैत १४ गते । दैनिक अत्यावश्यक सामग्री खरिदका लागि जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले दूरी कायम गरी व्यवस्थापन अभियान थालेको छ । अत्यावश्यक खाद्यान्न, तरकारी, फलफूल, औषधिका पसलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाका प्रमुख एसपी प्रबिन कंडेल र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले ग्राहकलाई सेतो घेरामा राखेर समान खरिद–बिक्री गराइरहेको छ।
सामान लिन आउने ग्राहकहरूलाई एक मिटरको दूरी कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सिकाइरहेको छ। ग्राहक–ग्राहक र ग्राहक–पसलबावालाबीच दुरी बनाई राख्न तीन फिटको दूरीमा कोठा तयार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।
व्यापारीहरूलाई अनिवार्य रूपमा मास्क लगाउन अनुरोध गरिएको चतुर्बेदीले बताए। चुनाको प्रयोग गरी ग्राहकलाई निश्चित दूरीमा उभिने गरी कोठा तयार गरिएको र ग्राहकहरूलाई लाइनमा बस्ने व्यवस्था गरिएको उनले जानकारी दिए। सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अभ्यास गरेर समेत व्यापारीलाई देखाएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !