सिरहा चैत १३ गते । गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा पदोन्नति भएका तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई लकडाउनलाई प्रवाभकारी कार्यान्वयन गराउन निर्देशन दिएको हो ।
मन्त्रिपरिषद चैत ९ गतेको निर्णयअनुसार उनीहरू प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका हुन् । आइजिपी ज्ञवालीले एआइजीमा पदोन्नति भइएका उनीहरूलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
बुधबार एआइजीमा पदोउन्ती भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै जिम्मेवारी र इमान्दारीपूर्वक कर्तव्य पालन निर्देशन दिए ।
‘मुलुक अहिले कोरोनाले उत्पन्न गरेको संकटमा छ, यसबेला सुरक्षा निकायको भूमिका थप बढी हुन्छ, यो हाम्रो परीक्षाको घडी पनि हो’ उनले भने, ‘लकडाउनलाई प्रवाभकारी कार्यान्वयन गराउनुहोस, लकडाउ जनताकै स्वास्थ्यको लागि हो भन्ने सम्झाउनुहोस्, जनतालाई नम्र भएर यसको पालना गराउनुहोस् ।’
जनतालाई कुनै समस्या भए तत्काल पुग्न, कालाबजारीको अनुगमन बढाउन, स्वास्थ्य संस्थाका गतिविधि पनि निगरानी गर्न पनि उनले निर्देशन दिए ।
त्यस्तै, गृह सचिव महेश्वर न्यौपानले पनि एआइजीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै जनअपेक्षा अनुरूपको काम गर्न निर्देशन दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !