लहान चैत १३ गते । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन विभिन्न पूर्व सावधानीहरु अपनाइएका छन् ।
नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको बताइरहँदा बजारमा माक्स लगायत दैनिक उपभोग्य सामानको कृत्रिम अभाव समेत सिर्जना हुन थालेको छ ।
यसै सन्दर्भमा बजारमा मास्कको अभाव हुन थालेपछि औरिही गाउँपालिकाले मास्कलगायत समानहरु बितरण गर्न शुरु गरेको हो । गाउँपालिकाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्व सावधानी अपनाउन समेत आग्रह गरेको छ । औरिही गाउँपालिकाले विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणबाट सर्तकता अपनाउँन जोड दिएका छन् । योसँगै सिरहाको औरिही गाउँपालिका Corona Virus तथा (COVID-19) बाट बाचनको लागी यश गाउँपालिका बाट प्रतेक घर परिवारलाई १ साबुन , २ वटा sanitizer र ३ वटा maks गाउँपालिका भरिको नागरिकलाई बितरण को लागि पुर्वतयारी गरिएको गाउँपालिका को अध्यक्ष सिद्धार्थ यादवले जानकारी दिनु भयो । स्वास्थ्य कर्मचारीको उपस्थित रहेको थियो । त्यस्तै विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको जोखिमबाट टाढा रहन साबुन पानीले नियमित हात धुन, खोक्दा र हाछ्यु गर्दा नाक कान र मुख छोप्न, अभिवादनका क्रममा नमस्कार गर्न, माछा, मासु र अण्डा राम्रो सँग पकाएर खाना गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले अनुरोध गरेको छ ।
गाउँपालिकाले ठूला सभा, सम्मेलन, भोजभतेरको आयोजना नगर्न समेत अनुरोध गरेको छ ।




















