कास्की चैत १३ गते । जिल्ला प्रहरी कास्कीले सडकपेटीमा रहेका बृद्धबृद्धाहरुको उद्दार गरेको छ । देश नै लक डाउन रहेको अवस्थामा कास्की जिल्लामा सडकपेटीमा बस्ने(सुत्ने अवस्थामा भेटिएको बृद्धबृद्धाहरुको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता तथा डिएसपी राज कुमार केसीले उद्दार गरेको हो ।
बेवारिसे बृद्धबृद्धाहरु कास्की जिल्ला अन्तरगतका बिभिन्न स्थानमा मागी खादै सडकपेटीमा नै बस्ने सुत्ने अवस्थामा भेटिएकोले उद्दार कार्य गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।
राम्रो खानपान र उचित सरसफाईको अभावमा कमजोर स्वास्थ अवस्थाका त्यस्ता बृद्धबृद्धाहरु कोरना भाइरस तथा कुनैपनि रोगको सिकार हुनसक्ने र त्यसबाट अन्य ब्यक्तिहरु पनि संक्रमित हुनसक्ने भएकोले सडकपेटी मै दिनरात गुजारी मागेर आफ्नो जीवन चलाउदै आएका ५८ देखी ६५ बर्षका ५ (पाँच) जना बृद्धबृद्धाहरु (३ जना पुरुष र २ जना महिला) लाई सडकपेटीबाट उद्दार गरी मानवसेवा आश्रम पोखरा पठाईएको प्रवक्ता केसीले जानकारी दिए ।
लकडाउनमा सबै नागरिक घरभित्र बस्नुपर्ने हुन्छ तर यिन बृद्धबृद्धाहरु घर नै भएको कारण सडकमा बस्न बाध्य थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !