सिरहा चैत १२ गते । कोरोना भाइरस (कोभिन १९) लाई नियन्त्रण सरकारले लागु गरेको लक डाउनको दोस्रो दिन आज (बुधवार) सिरहा जिल्लाको नाका , गाउँ र शहर सम्म विहानैदेखि सुनसान छ । लक डाउनको निर्देशनलाई पालना गराउँन स्थानिय प्रहरीले कडाईका साथ प्रस्तुत भईरहेका छन् ।
नेपाल भारत सिमा नाका देखि गाउँ र चोक–चोकमा नेपाल प्रहरीसहित सशस्त्र प्रहरी बललाई व्यापक रुपमा परिचालन गरिएको छ । आजदेखि नेपाली सेनाले समेत लकडाउनको पालना गराउँन निगरानी बढाएको छ ।
सिरहा जिल्ला भरिको सिमा नाका गाउँ र नगरक्षेत्र र गाउँपालिका भित्र रहेको वडाहरूको चोक–चोकमा समेत प्रहरी खटाएर घर बाहिर स्थानियलाई निस्कन दिएको छैन । स्थानिय प्रशासनले अति आवश्यक काम बाहेक अन्यलाई घरबाहिन नसिकन आह्वान गर्दै सूचना समेत प्रवाह गर्दैछन् ।
मंगलबार लकडाउन केहि मात्रामा फितलो भएपनि बुधबार भने प्रहरीले कडाई गरेको छ ।
नेपाल सरकारले चैत १८ गतेसम्म लकडाउन घोषना गरेर कोभिड–१९ लाई रोकथाम गर्ने प्रयास गरीरहेको छ । लकडाउनमा अति आवश्यक स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायत मात्र खुल्ला गरिएको छ ।

















