जनकपुरधाम- चैत ११ गते । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य समेत रहेका प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले सरकारले घोषणा गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषलाई एक महिनाको तलव उपलब्ध गराउने घोषणा गरेका छन् ।
यादवले सरकारलाई कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न सहयोग मिलोस् भनेर एक महिनाको तलव उपलब्ध गराउने निर्णय गरेका हुन् । उनले सरकारलाई यस्तो बेलामा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।
पूर्वमन्त्री समेत रहेका यादवले सरकारले लक डाउन गरेको विषयलाई हल्का रुपमा नलिन र पूर्णरुपमा पालना गर्न अपील गरेका छन् ।
उनले सामाजिक सञ्जालमा आएका जथाभावी कुराहरूमा ध्यान नदिइ सरकारको आधिकारिक कुरालाई मात्रै विश्वास गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।

















