सिरहा चैत ११ गते । नेपाल प्रहरीले सर्वसाधारणलाई सकेसम्म घरबाट बाहिर ननिस्कन अपील गरेको छ । कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनगर गर्दै प्रहरीले यस्तो अनुरोध गरेको हो ।
सरकारले आइतबारदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरेको तथा आजदेखि नाका भएर यात्रुबाहेक सवारीसाधान भित्रन तथा बाहिरिन समेत नदिने निर्णय गरेसँगै प्रहरीले यस्तो अनुरोध गरेको हो । सँगै सरकारले भारत र चीनसँगको सबै नाका समेत आजैदेखि बन्द गराएको छ ।
यस्तै २५ जना बढी भिडभाड नगर्न,फिल्म हललगायत सञ्चालनमा पनि रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले सङ्क्रमणविरुद्ध अभियान सञ्चालन गर्दै सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो।
कार्यालयले ‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस्,’’ भन्ने नारा नै तय गरेको छ ।
यस्तै सरोकारवाला निकायले प्रत्येक सडकचोक, बस्ती तथा टोलमा ‘माइकिङ’ गरी सरसफाइ र कोरोनाको लक्षणका सम्बन्धमा सचेतना फैलाउन समेत थालेका छन्।
यस्तै सर्वसाधारण नागरिकमा समस्या देखिए आवश्यक सुविधाका लागि सिरहा प्रहरीले एम्बुलेन्स र प्रहरी भ्यान प्रयोग गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । बिरामीको सुविधाका लागि डोर टु डोर सेवा गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !