सिरहा । सिरहाको विभिन्न स्थानमा भईरहेको बाल बिबाह प्रहरीले बिबाह रोकेकोछ । ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलीले बालिकाहरुको उमेर २० वर्ष नपुगेको हुँदा उक्त बाल बिबाह हुन लागेको बिबाहलाई रोकीएको हो ।
जिल्ला सिरहाको कर्जन्हा नगरपालिका वडा नं.६ बस्ने रिझन मुखियाको छोरी रन्जु कुमारी मुखिया,मिर्चैया नगरपालिका वडा नं.०१ बस्ने श्रीराम कापैरको छोरी संगिता कापैर र सिरहा को कल्याणपुर नगरपालिका वडा नं.०१ बस्ने राम नरेश माझीको छोरी गनिता माझीलगायतका बालिकाहरुको उमेर नपुगी बाल बिबाह रोकिएको प्रहरीले बताएका छ्न ।
स्थानिय भद्र भलादमी बुद्धिजिबी तथा जनप्रतिनिधिहरुको रोवहरमा कानुन बमोजिम बिबाह गर्ने उमेर नपुगेकोले हाललाई यो हुन लागेको बाल बिबाहलाई रोकी हाम्रो समाजमा यस प्रकारको बालबिबाह हुन दिने छैनौ, बाल बिबाहको घटनालाई न्युनिकरण गर्न तर्फ सम्बन्धित निकायलाई हाम्रो तर्फबाट सदैब सहयोग गर्नेछौ भनी जनप्रतिनिधि लगायत उपस्थित मानिसहरुको रोवहरमा सहमती भई बाल बिबाह रोकथाम गरीएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।

















