सिरहा चैत १० गते । शसस्त्र प्रहरीको गस्ती टोलीलाई स्थलमै पुगेर निर्देशन दिदै शसस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाका प्रमुख एसपी प्रबिन कंडेल । सिमावर्ती भारत संग जोडिएका सिरहाका मुख्य दुइ नाका माडर र ठाडि लगायत अन्य खुला नाकाहरु पनि सिल गरिएको छ ।
सशस्त्र प्रहरी बल, सिमा सुरक्षा कार्यालय, सिरहाको प्रत्यक्ष निगरानिमा सिमा क्षेत्रमा कडाई गरिएको छ ।
विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोडिभ १९ को संक्रमण फैलिन नदिन सीमा सुरक्षा र निगरानिलाई बलियो पारिएको सिमा सुरक्षा बल ७ नम्बर गण सिरहाका प्रमुख एसपी प्रबिन कंडेलले बताउनु भयो ।
सिरहा र भारतको बीचमा रहेका सबै सीमाना नाकाहरू शसस्त्र प्रहरीको निगरानि रहेको छ । प्रचलनमा रहेको नाका र लुकीछिपी आवातजावात गर्न मिल्ने सबै सीमाना नाकामा सुरक्षा सतर्कता बढाइएको शसस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाका सूचना अधिकारी तथा प्रबक्ता प्रेम बहादुर रावलले बताउनु भयो।
उहाँले सिमाको संवेदनशिलता र जनताको सुरक्षालाई ध्यानमा राखी कोरोना विरुद्धको सर्तकता अगाडि बढाइरहेको पनि बताउनुभयो । उहाँका अनुसार शसस्त्र प्रहरीको पहुँच सबै सिमा नाकामा कडाईका साथ पुर्याइएको छ ।
सिरहाका सीमा नाकाहरूमा सुरक्षा सतर्कता बढाइएको जानकारी दिँदै सशस्त्र प्रहरी बल नेपालले २४ सै घन्टा सीमा क्षेत्रमा सुरक्षा गस्ती र निगरानी बढाएको छ ।

















