धनुषा चैत ९ गते । जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले मास्क र स्यानिटाइजरको कालोबाजरी गर्ने चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जनकपुर उपमहानगपाली ४ स्थित सुस्मिता मेडिकलबाट स्थाइ घर सर्लाही बरहथवा नगरपालिका ८ भई हाल जनकपुर उपमहानगपाली बस्दै आएका संजय साह, भमरपुरा चोक स्थित अटल फार्मेसीबाट स्थाई घर धनुषा लक्ष्मीनिया गाउँपालिका ३ भएका २६ वर्षीय अनिल यादव, महोत्तरी जलेश्वर नगरपालिका ६ का ३० वर्षीय प्रभन्स चौधरी र सम्पूर्ण मेडिकलबा उपमहानगपाली ४ घर भएका ३२ वर्षीय संजय साह रहेका छन् ।
कोरोना भाइरसको त्राससँगै बजारमा मास्क र स्यानिटाइजरको कालोबजारी बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषासँगकाे सहकार्यमा प्रहरीले बजार अनुगमन तीव्र पारेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !