Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हुलाकी राजमार्ग तराई मधेसको सपना


सन्तोष बराइली

सिरहा । निर्माणाधीन हुलाकी राजमार्गले छोएको सिराहाको दक्षिणी क्षेत्रमा पर्ने नवराजपुर गाउँपालिका–३, मझौराका स्थानीयवासी हुनुहुन्छ शिव उद्गार यादव ‘शिवा’ । शिवा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीको नवराजपुर गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । गएको स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्षमा १३४ मतले पराजित हुनुभयो । उहाँलाई काँग्रेस नेत्री चित्रलेखा यादवका सहोदर भाइ विश्वमोहन यादवले पराजित गर्नुभयोे ।
नवराजपुरमा विद्रोही नेताको छवि बनाउनुभएका तिनै शिवा अहिले राजनीतिसँगै व्यवसाय गर्ने योजनामा हुनुहुन्छ । भन्नुहुन्छ, ‘हुलाकी राजमार्ग सञ्चालनमा आएपछि व्यापार व्यवसाय गर्न सहज वातावरण सिर्जना हुने भएकाले राजनीति र उद्यमलाई सँगै अगाडि बढाउने योजना बनाएको हुँ ।’ अन्नको भण्डार मानिन्छ तराई–मधेस । सिराहामा पनि मनग्गे धान उब्जनी हुने भएकाले गाउँमै चामल उद्योग खोल्न धान सङ्कलन सुरु गरिसक्नुभएको छ । ५० जना स्थानीयलाई रोजगार दिनेगरी खोल्न लागिएको चामल उद्योगका लागि कृषि विकास बैङ्कमा ऋण निकाल्न प्रक्रिया अगाडि बढाएको शिवाले बताउनुभयो ।
विदेश जाँदैनौँ
हुलाकी राजमार्ग निर्माण प्रारम्भ भएपछि नवराजपुर, मझौरा गाउँकै २५ वर्षीय विवेक यादवले पनि नेपाल–भारत आयात निर्यातको व्यवसाय गर्ने लक्ष्यसहित बीके जेनरल स्टोर नामको फर्म दर्ता गराउनुभएको छ । हुलाकी राजमार्गबाट पाँच किलोमिटरको दूरीमा रहेको नेपाल–भारत सीमामा पर्ने भारतीय बजार लक्षित चिनियाँ उत्पादन र काठमाडौँ, पोखरालगायत सहरमा आफ्नो गाउँमा उब्जिने खाद्य सामग्रीको व्यापार गर्ने योजना छ विवेकको । व्यापारका लागि तीन कठ्ठा जग्गा धितो राखेर १० लाख रुपियाँ ऋण लिनुभएका विवेक भन्नुहुन्छ, ‘विदेश जान लागेको थिएँ तर हुलाकी राजमार्ग बन्ने भएपछि यतै व्यापार गर्ने सोच पलायो ।’
२४ वर्षीय पत्रकार आलोक यादव हुलाकी राजमार्ग छेउमा अफसेट प्रेस खोल्ने तयारीमा हुनुहुन्छ । छपाइको कामसँगै हुलाकी राजमार्ग लक्षित दैनिक पत्रिका प्रकाशन गर्ने उहाँको योजना छ । भन्नुहुन्छ, ‘हुलाकी राजमार्गले व्यापार व्यवसाय गर्न ढोका खोलिदिएको छ, अन्य पत्रपत्रिका हुलाकी राजमार्ग क्षेत्रमा नआउने भएकाले यही राजमार्ग क्षेत्रलाई लक्षित गरेर दैनिक पत्रिका निकाल्न लागेको हुँ ।’
किसान हर्षित
हुलाकी राजमार्ग बन्ने भएपछि हुलाकी राजमार्गले छोएको बरियारपटी गाउँपालिका– १ बडहरीका किसान शुभनारायाण यादव पनि मख्ख हुनुहुन्छ । साढे दुई बिघा जग्गाका धनी उहाँ गाईभैँसी पाल्नुहुन्छ । यातायातको सुविधा नभएकाले दूध बजारसम्म पु¥याउन पाउनुभएको थिएन । उहाँले मुस्कुराउँदै आफ्नो भाषा (मैथिली­­) मा भन्नुभयो, ‘हुलाकी राजमार्ग बनरहल छै । यी राजमार्ग चल्तै त जनकपुरमे दूध बेच सकैछी, दूध बेच्बै त आम्दानी बढ्तै (हुलाकी राजमार्ग बन्दैछ, यो राजमार्गमा गाडी चल्न थालेपछि जनकपुरसम्म दूध बेच्न पाइन्छ, आम्दानी बढ्छ ।)’
हुलाकी राजमार्ग हुँदै जनकपुर पुग्न आधा घण्टा समय लाग्ने उहाँको गाउँबाट धेरै किसानले यो राजमार्ग सञ्चालनमा आएपछि जनकपुर लगायतका हुलाकी राजमार्गले छोएका सहर बजारमा दूध बेच्ने अवसर पाउनेछन् । यातायातको पहुँच नहुँदा भारतीय सीमा नजिक पर्ने हुलाकी राजमार्गको दक्षिणी पाटोका धेरैजना आफ्नो उत्पादन बेच्नबाट वञ्चित छन् । नजिकैको हाटबजार भारतमा पर्ने भएकाले कडा सुरक्षा निगरानीका कारण दूध, दही, घिउलगायत कृषिका अन्य उत्पादन ती हाटबजारमा बेच्न लान झन्झटिलो मान्छन् किसानहरू ।
शिवा, विवेक, आलोक र शुभनारायण मात्रै होइन, हुलाकी राजमार्ग बन्न सुरु भएसँगै तराई–मधेसका धेरैले कृषिलगायत विभिन्न व्यवसाय गर्ने योजना बनाइरहेका छन् । स्थानीय सरकारले भित्रीगाउँ र खेतलाई जोड्ने बग्रेल्ती सडक बनाउन सुरु गरेसँगै बन्न थालेको हुलाकी राजमार्गमा सबैजसो भित्री सडक जोडिएकाले तराई–मधेसका कृषकलाई उत्साहित तुल्याएको छ । अब सबैजसो प्रमुख सहरमा उनीहरूको पहुँच पुग्नेछ ।
क्रान्ति ल्याउँछ
निर्माणाधीन हुलाकी राजमार्गले तराई–मधेसमा विकासमा क्रान्ति ल्याउँदैछ । यो क्रान्तिले तराई–मधेसको काया फेरिने सम्भावना छ । समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारको नेतृत्व गरिरहनुभएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध पार्ने सपना देख्नुभएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको हुलाकी राजमार्ग सञ्चालनमा आएसँगै तराई–मधेसको आर्थिक विकास खरायोको गतिमा हुने निश्चित छ ।
यसका लागि तराई–मधेसमा कृषिलाई लक्षित गरेर सरकारले निर्माण घोषणा गरेको कोशी– मरिन–कमला डाइभर्सन यथाशीघ्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउन सरकारले तदारुकता देखाउन जरुरी छ । डाइभर्सन सञ्चालनमा आएपछि तराई मधेसका हजारौँ बिघा जग्गामा उब्जिने धान, गहुँ, खेसरी, मुसुरो, रहरलगायतका खाद्य उत्पादन हुलाकी राजमार्ग हुँदै देशका सबैजसो प्रमुख सहरबजारमा बेच्न सकिन्छ ।
कृषिमा निर्भर तराई–मधेसवासीले खाद्य सामग्रीबाटै मनग्गे अर्थलाभ गर्दै जाँदा हुलाकी राजमार्ग सञ्चालनमा आएपछि वैकल्पिक व्यापार व्यवसायबाट पनि अर्थोपार्जन गर्न सक्छन् । तराई–मधेसवासीले अहिले बनाइरहेका विभिन्न व्यावसायिक योजनाले यही पुष्टि गर्छ ।
हुलाकी राजमार्ग निर्माणसँगै यस क्षेत्रमा जग्गाको भाउ ह्वात्तै बढेको सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ५ पत्थरगडाका स्थानीयवासी विजय यादव बताउनुहुन्छ । उहाँका अनुसार हुलाकी राजमार्गले छोएको सिराहाको भगवानपुर, नवराजपुर, बरियारपटि, औरही गाउँपालिकाको बजार क्षेत्रमा प्रतिकठठ ४० देखि ५० लाख रुपियाँसम्म र बजार क्षेत्र बाहिर प्रतिकठ्ठा १५ देखि २५ लाख रुपियाँसम्ममा किनबेच हुन थालेको छ ।
हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय जनकपुरका प्रमुख राजेन्द्र दास तराई–मधेसको चौतर्फी विकासका लागि हुलाकी राजमार्ग कोशेढुङ्गा सावित हुने दाबी गर्नुहुन्छ । आर्थिक वर्ष २०७९÷८० मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो राजमार्ग सर्लाही, महोत्तरी, धनुषा, सिराहा खण्डमा दशवटा पुल निर्माणाधीन अवस्थामा छन् तर अपेक्षाअनुरूप हुलाकी राजमार्गको तीव्र गतिमा निर्माणकार्य भने भएको छैन । स्थानीयले द्रुतगतिमा हुलाकी राजमार्ग निर्माण सम्पन्न गरेर तराई–मधेसको समृद्धिको ढोका खोल्ने दायित्व सरकारको भएको बताउँछन् ।
हुलाकी राजमार्ग आसपासका वयोवृद्धहरूका अनुसार महेन्द्र राजमार्गभन्दा निकै पुरानो मार्ग थियो हुलाकी मार्ग । महेन्द्र राजमार्ग सञ्चालनमा आएपछि ओझेलमा परेको यो मार्ग अस्तित्वविहीन अवस्थामा पुगिसकेको थियो । सेवा सुविधा र अवसर पनि महेन्द्र राजमार्ग आसपास उपलब्ध हुन थालेपछि व्यापार व्यवसाय गर्नेहरू महेन्द्र राजमार्गसँग जोडिएका हाटबजारतिर आकर्षित हुनथाले । पहाड र दक्षिण नेपालबाट बसाइँ सर्नेहरूको लर्को महेन्द्र राजमार्ग आसपासका ठाउँहरूमा लाग्न थाल्यो । पुराना वामपन्थी नेता विष्णु मानन्धर नेतृत्वको तत्कालीन नेकपा संयुक्तका नेता ८० वर्षीय कपलेश्वर सदायले भन्नुभयो, ‘ठूलो राजनीतिक परिवर्तनसँगै परिवर्तन भएका शासन व्यवस्था सञ्चालकले पनि यो मार्गलाई बिर्र्संदै गए । तराई–मधेसका दक्षिणी पाटोका हजारौँ जनताको भविष्य बोकेको हुलाकी मार्गको स्तरवृद्धि र पुनर्निर्माण गर्न यसअघिका सरकारले जरुरी ठानेनन् ।
प्रधानमन्त्रीको दूरदृष्टि
केपी शर्मा ओली नेतृत्वको पहिलो नौमहिने सरकारले हुलाकी मार्गलाई राजमार्गमा रूपान्तरण गर्न बजेट विनियोजन ग¥यो । निर्माण कार्य पनि प्रारम्भ भयो । तराई–मधेसको चौतर्फी विकास गर्न र भारतसँगको अकल्पनीय व्यापारघाटा कम गर्न हुलाकी राजमार्ग निर्माण गर्नैपर्ने आवश्यकताबोध प्रधानमन्त्री ओलीले गर्नुभयो । निर्माणाधीन हुलाकी राजमार्ग आसपासको जनजीवनमा अहिले आश्चर्यजनक परिवर्तनको आभास हुन्छ । सानातिना हाटबजार लाग्ने कतिपय चोक यो राजमार्ग बन्न सुरु भएसँगै प्रमुख व्यापारिक थलोका रूपमा विकसित हुँदै गएका छन् ।
हुलाकी राजमार्ग दायाँबायाँ ठूला पक्की भवन बन्ने क्रम सुरु भएको छ । नेपाल–भारतका व्यापारीको आकर्षण पनि अहिले हुलाकी राजमार्ग आसपासमा बढेको छ । नेपाल–भारत व्यापार गर्न सहज हुने भएकाले पनि व्यापारी व्यवसायीको आकर्षण हुलाकी राजमार्गतिर गएको हुनुपर्छ ।
(लेखक पत्रकार हुनुहुन्छ ।)

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ
जनप्रभाबन्युज विशेष

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ

12 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

1 year पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 year पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

2 years पहिले
डिआईजी आचार्यको निर्देशन : सीमाबाट हुने तस्करीमा संलग्न प्रहरीमाथि कडा कारवाही हुने
जनप्रभाबन्युज विशेष

डिआईजी आचार्यको निर्देशन : सीमाबाट हुने तस्करीमा संलग्न प्रहरीमाथि कडा कारवाही हुने

2 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh