सिरहा । प्रदेश २ को राजधानी टुंगो नलागेपछि सिरहाको लहानलाई प्रदेश दुईको राजधानी बनाउन माग गरिएको छ ।
प्रदेश २ को राजधानी जनकपुरघाम र विरगन्ज अस्विकृत भएपछि लहानलाई राजधानी बनाउने चर्चा चलेको छ । सिरहाको लहान मधेस आन्दोलनको केन्द्र रहेको भन्दै प्रथम सहिद पनि लहानबाट साहदत भएको ठाउँ लाहानलाई राजधानी तोक्न ज्ञापन पत्र बुझाउदा अहिले चर्चा चलेको हो ।
लहान वासिको तर्फबाट विजय कुमार गुप्ताले मुख्यमन्त्री लाल बाबू राउत र प्रदेश प्रमुख तिलक परियारलाई ज्ञापन पत्र बुझाउदै लहानलाई राजधानी बनाउन माग गरेको छ ।
विभिन्न दृष्टिकोणबाट लाहान राजधानी हुनु पर्छ भन्दै नेकपाका प्रदेश सान्सद सङ लहानलाई राजधानी तोक्न प्रदेश सभामा दर्ता दर्ता गराईदिन अपिल गरेको छ ।

















