केदारनाथ यादव, अध्यक्ष, सखुवानान्कारकट्टी गाउँपालिका, सिरहा
सिरहा जिल्लामा रहेका १७ वटा स्थानीय सरकारमध्ये सखुवानान्कारकट्टी गाउँपालिकाले निर्वाचनका बेला जनतामाझ गरेका वाचा धेरैजसो पूरा गरेर जनताको मन जित्न सफल भएको छ । निर्वाचित जनप्रतिनिधि एकजुट भएर पालिकाको विकास निर्माणको काममा दत्तचित्त भई लागिपरेको आभाष हुन्छ । ‘भिजन, डिसिजन र एक्सन’मा पालिकावासी सबैको प्रगति देख्ने गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवसँग त्यहाँको विकास निर्माण, सम्भावना र चुनौतीमा केन्द्रित जन प्रभाबले गरेको कुराकानीको सम्पादित अंश :
सखुवानान्कारकट्टी गाउँपालिका कसरी अगाडि बढिरहेको छ ?
योजनाअनुसार विकासका काम अगाडि बढाइरहेका छौं । विगत दुई वर्षमा चारवटा गाउँसभा गरी जनताको आधारभूत आवश्यकता पूरा ग¥यौं । त्यस क्रममा कालोपत्रे सडक, सडक ढलान, पुल निर्माण, धर्मशाला, मदरसा निर्माणजस्ता आधारभूत काम भएका छन् । विद्यालयमा अनुगमन तथा सिस्टम सुधार गरिएको छ । शिक्षा, स्वास्थ्य र वडा कार्यालयको भवन मर्मतलाई पनि प्राथमिकतामा राखिएको छ ।
जनतासँग गरेका प्रतिबद्धता केके पूरा भए ?
गरिएका वाचाहरू पूरा गर्ने क्रममा छौं । अधिकांश त पूरा भइसकेका छन् । पुल निर्माण, कृषि विकास, विद्युतीकरण, विद्यालय पूर्वधार निर्माण, स्वास्थ, रोजगारी, खानेपानी पक्की सडक निर्माणका काम सुरु गर्ने प्रतिबद्धता जनाएको थिए । मैले त्यस्तै गरेको वाचामध्ये ९० प्रतिशत वाचा पूरा भइसकेका छन् । त्यसपछि मध्यम वर्ग हुँदै विकासको गति अगाडि बढाउने मेरो योजना छ ।
प्रतिनिधिहरूलाई जनताबाट राम्रै
सहयोग प्राप्त छ
जनअपेक्षाअनुसार विकासका
काम अघि बढेका छन्
सडक कालोपत्रे, ढलान, पुल, धर्मशाला,
मदरसा निर्माण हाम्रा आधारभूत
काम हुन्
प्रदेशस“ग आशा गर्ने ठाउ“ छैन, संघीय
सरकारस“ग समन्वय भइरहेको छ
केन्द्र तथा प्रदेश सरकारसँगको सम्बन्ध कस्तो छ ?
केन्द्र सरकारसँग विभिन्न विषयमा समन्वय भइरहेको छ । प्रदेशमा फरक पार्टीको सरकार भएको हुनाले केही अप्ठ्यारा पनि छन् । प्रदेशसँग खासै आशा गर्ने अवस्था छैन । तर, संघीय सरकारसँग समन्वय गरेर तीन÷चारवटा मुख्य सडकलाई पक्की बनाउने काम अघि बढाइएको छ ।
बजेट खर्चको अवस्था के छ ?
सबैको काम गर्ने शैली फरक हुन्छ । गाउँवासी, कर्मचारी र जनप्रतिनिधिबीच समन्वय हुनु जरुरी छ । गाउँपालिकाका विकासका लागि भिजन, डिसिजन र एक्सन चाहिन्छ ।
पहिला त भिजन बनाउने हो । त्यसलाई गाउँवासीसमक्ष छलफल गरी डिसिजनमा पुग्यौं र एक्सनमा गयौं । हामीले नारा तय गरेका छौं । सुविधासम्पन्न ऐतिहासिक सहर, समृद्ध सखुवानान्कारकट्टी नारासहित कामकाज अगाडि बढाएका छौं । जसमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरिएको छ । गाउँपालिका विकासका लागि भिजन, डिसिजन र एक्सन चाहिन्छ । पहिला त भिजन बनाउने हो । वडा नम्बर ३ र ४ मा प्रदेशस्तरीय सडक निर्माणलाई अगाडि बढाएका छौं ।
स्थानीयको अपेक्षा र गाउँपालिका कार्यपालिकाको काममा तालमेल मिलेको छ ?
स्थानीयको अपेक्षा र गाउँपालिका कार्यपालिकाको तालमेल नमिलेको भए अहिलेसम्म हामीले भिजनअनुसार काम गर्न सक्दैनथ्यौं । जनतासँगको समन्वयकै कारण गाउँपालिका विकासको खाका अगाडि बढेको हो ।
कुनकुन क्षेत्र प्राथमिकतामा परेका छन् ?
यस वर्ष शिक्षा र खेलकुदमा बढी केन्द्रित भएका छौं । गत वर्ष स्वास्थ्यमा निकै लगानी गरेको थियौं । यस वर्ष औषधि र चिकित्सकको उपलब्धता प्राथमिकतामा परेको छ । तर, शिक्षा र खेलकुदलाई यस वर्ष मुख्य प्राथमिकतामा पारी काम अगाडि बढाइएको छ । शिक्षा क्षेत्रमा दरबन्दी मिलान आवश्यक छ । त्यसतर्फ काम हुन्छ । भौतिक संरचना बनाउने र शिक्षकको दक्षता अभिवृद्धि प्राथमिकतामा परेका छन् ।
विकास निर्माणलाई कसरी व्यवस्थित गर्नुभएको छ ?
सही नियत र इमानदारीले काम गर्ने हो भने विकास निर्माण आफैं व्यवस्थित हुन्छ । नीतिनियम बनाएर काम गरेपछि केही समस्या हुँदैन ।
गाउँपालिका प्रमुखका विशेष योजना केके छन् ?
जनताको आवश्यकता र उनीहरूको चाहनाअनुसार त्यहीँको साधनस्रोत प्रयोग गरी योजना अगाडि बढाइरहेका छौं । आधारभूत आवश्यकता पूर्ति गर्नु प्रमुख विषय हो । त्यसपछि विशेष योजना कार्यान्वयनतर्फ लग्ने हो ।
केके छन् चुनौती ?
काम गर्ने मान्छेलाई केही चुनौती र अप्ठ्यारो त हुन्छ नै । तर, इमानदारीपूर्वक काम गर्ने व्यक्तिलाई खासै समस्या हुँदैन । मलाई जनताबाट राम्रै सहयोग छ । सानातिना अप्ठ्यारा त आउँछन् नै । त्यस्तो खासै जटिल चुनौती केही छैन ।

















