चैत, ६ गते ।
सिरहा । सिरहामा प्रहरीद्धारा अवैध घरेलु मदिरा बिशेष नियन्त्रण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिरहा, मातहत इलका प्रहरी कार्यालय लहान, इलका प्रहरी कार्यालय गोलबजार, इलका प्रहरी कार्यालय मिर्चैया, इलका प्रहरी कार्यालय महेशपुर पतारद्धारा १ हजार ५२ लीटर अवैध मदिरा नष्ट गरेको छ ।

प्रहरीले सिरहाको विभिन्न स्थानमा रहेको अवैध रुपमा संचालन घरेलु मदिरा भट्टीहरुबाट मदिरा बनाउने १५ थान मेसिन, कच्चा पर्दाथ ६ हजार ७ सय ८० लिटर र भाडावर्तन ४३ सेट र १४ जना समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहिकालागी आन्तरीक राजश्व कार्यालय लहानमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदिले बएका छन् ।

















