जनकपुरधाम, चैत ५ : प्रदेश २ को नाम तत्काल प्रदेश २ नै रहेने भएको छ । चौथो तथा अन्तिम प्रस्तावका रुपमा राती भएको मतदानमा मधेश प्रदेशको पक्षमा कुल ६० मत मात्र परेको छ । प्रदेशसभाको १ सय ७ मध्ये सत्ताधारीको ५५ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघिय समाजवादीको एक गरि ५६ मत निश्चित रहेपनि अन्यदलवाट मात्र ४ मत प्राप्त भएपछि सत्तारुढ दलहरुको यो प्रस्ताव समेत अस्वीकृत भएको छ । यस अघि क्रस भोटिङ्ग भएर मधेश प्रदेश कायम हुने सम्भावना व्यतm गरिएको थियो । तर दलहरुले जारी गरेको ह्वीप अनुसार नै अधिकांश सांसदले मत खसालेपछि मधेश प्रदेशको सम्भावना समेत तत्कालका लागि टरेको छ । एता मधेश प्रदेश स्वीकृत भएसंगै सत्तारुढ दल राजपा र समाजवादी पार्टीको बैठक बसेको छ । नेकपा र कांग्रेसले ह्वीप जारी गरेर मधेश प्रदेश असफल बनाएकाले अगामि रणनिति तय गर्न राजपा र सपाको संयुतm बैठक बसिरहेको छ ।
प्रदेशसभाको बैठक अवेर राती सम्म बसेर प्रदेशको नाम र राजधानी तोक्ने प्रयास जारी छ । दिउँसोको खाना र बेलुकीको नास्ता तथा रातीको समेत खानाको व्यवस्थापन प्रदेशसभामै गरिएर नाम र राजधानी माथीको प्रस्ताव माथी मतदान भइरहेको छ । नाम तर्फ तिनवटा दलिय प्रस्ताव र एक सांसदको प्रस्ताव गरि चार तथा राजधानी तर्फ तिनवटा गरि कुल सातवटा प्रस्तावहरुमा मतदान भइरहेको छ । नाम तर्फ नेकपाको जानकी प्रदेशले ३७, कांग्रेसको मिथिला भोजपुराले २८ तथा चारजना कांग्रेस सांसदको सांसदले बेग्लै दर्ता गराएको मध्य मधेशले अहिले सम्मको सर्वाधिक ४२ मत पाएपनि दुइतिहाइ नभएकाले अस्वीकृत भइसकेको छ । अव नाम तर्फ वाँकी रहेको एकमात्र सत्तारुढ दल समाजवादी र राजपाको संयुतm प्रस्ताव मधेश प्रदेशमा मतदान भइरहेको छ ।
अर्को संजोग प्रदेशभसामा कुल १ सय ७ सांसदमा महिला सांसदहरुको संख्या ३७ रहेको र जानकी प्रदेशको पक्षमा ३७ मत पनि प्राप्तको संजोग मिलेको छ । ३२ जना सांसदहरु रहेको नेकपाको जानकी प्रदेशले ३७, १९ जना सांसद रहेको कांग्रेसको मिथिला भोजपुराले २८ मत पाएको छ । जवकि चारजना मात्र कांग्रेसका सांसदहरुले बेग्लै दर्ता गराएको मध्य मधेशको प्रस्तावको पक्षमा ४२ मत खसेको छ । कांग्रेसको दलिय आधिकारिक प्रस्ताव भन्दा बागी प्रस्ताव १५ मतले आगाडि देखिएको छ । सत्तारुढ दल समाजवादीको ३० र राजपाको २५ र रिजवान अन्सारी नेतृत्वको संघिय समाजवादी नेपालको एक गरि मधेश प्रदेशको पक्षमा ५६ मत छ भने दुइतिहाई पुरयाउन ७२ ल्याउनु पर्ने अवस्था छ । कुल १६ मत अन्य दलवाट अतिरितm प्राप्त भए मधेश प्रदेश पारित हुने छ । त्यसपछि राजधानीको लागि दर्ता भएको विभिन्न ३ वटा जनकपुर सहित मिथिला परिक्रमा क्षेत्र, विरगंज महानगरपालिका र वृहतर विरगंज क्षेत्रको प्रस्तावहरुमा मतदान अवेर राती सम्म आजै हुने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !