पिजी पत्रकार
जनकपुरधाम, चैत ३ : धनुषाको क्षिरेश्वरनाथमा पर्ने रमदैयामा विषातm मदिराको सेवनवाट ज्यान गुमाएका मृतक परिवारलाई प्रदेश सरकारले तिन÷तिन लाख रुपैया राहत उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउत सहित आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव समेत रमदैया पुगेर पिडित परिवारलाई सो आश्वासन दिएका हुन ।
स्थानिय तह र प्रहरी प्रशासनले वास्तवमै मदिरा सेवनवाट मृत्यु भएकाहरुको लागि तयार गरेको प्रतिवेदनको आधारमा प्रदेश सरकारले सो राहत सहयोग उपलब्ध गराउने प्रदेश सरकारका प्रवतmा मन्त्री यादवले एसपी खवरसंग भने । रमदैयाको पिडा देखेर दुःखी भएका मुख्यमन्त्री राउत प्रदेश २ लाई मदिरा मुतm बनाउने अभियान समेत सञ्चालन गर्ने बताए । मुख्यमन्त्री राउत प्रदेश प्रहरी प्रमुख, आन्तिरक मामिला तथा कानुन मन्त्री सहित सुरक्षा निकायका प्रमुखहरुलाई आजै जनकपुरधाम बोलाएर छलफल गर्ने बुझिएको छ । प्रहरीको उपस्थितीमै खुल्ला मदिराको उत्पादन र विक्रि वितरण कसरी भइरहेको छ भने बारेमा मुख्यमन्त्रीले प्रश्न गर्ने छ । प्रदेशसभाको बैठकमा विपक्षीदलहरुले प्रहरीले पैसा खाएर खुल्ला मदिरा व्यवसायीहरुलाई प्रोत्साहन गरेको आरोप लगाउदै आएका छन् । बैठक पछि प्रदेश सरकारले तत्कालै कुनै कदम चाल्ने पनि बुझिएको छ ।
हेर्नोस भिडियो
फेसबुकबाट तपाईको प्रतिक्रिया !