जनकपुरधाम, चैत २ : जिल्ला प्रशासन कार्यालय धनुषाका सिडिओ प्रदिप राज कणेलको सरुवा भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा व्यापक सुधारका कामहरु गरेका सिडिओ कणेललाई कारागार व्यवस्थापन विभाग कालिकास्थान सरुवा गरिएको छ । धनुषाको नयाँ सिडिओमा गृहमन्त्रालयका सहसचिव कोश हरि निरौला आउने भएका छन् । गृह मन्त्रालयले धनुषाका सिडिओ सहित २६ जिल्लाका सिडिओहरुको एकै साथ सरुवा गरेका हुन । निरौला यस अघि धनुषाका सहायक सिडिओका रुपमा काम गरि सकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !