जनकपुरधाम, फागुन २९ : देशका मुख्य सवैदलका सांसदले प्रदेश २ लाई विशेष प्रदेश बनाउन सामुहिक रुपमा मागं गरेको छ । नेकपा, कांग्रेस, समाजवादी र राजपा सवै दलका सांसदहरु सो मांग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव समेत दर्ता गराएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद प्रभु साह, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह, समाजवादी पार्टीका सांसद उमाशंकर अरगरिया र राजपाका लक्ष्मण लाल कर्णले बिहीबार संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै यस्तो माग गरेका हुन् । प्रस्तावक नेकपाका साह रहेको प्रस्तावमा कांग्रेसका सिंह, समाजवादीका अरगरिया र राजपका कर्णले समर्थन गरेका हुन । अन्य प्रदेशको तुलनामा प्रदेश २ पछाडि रहेको भन्दै उनीहरुले विशेष प्रदेश बनाउन माग गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !