Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोनाबारे कांग्रेसले संसदमा दर्ता गरायो जरुरी सार्वजनिक महत्वको प्रस्ताव

फाल्गुन, २२ गते ।

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोनाविरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका हुन्। उनले कोरोना संक्रमणबाट बच्चनका लागि एकिकृत कार्यसञ्चालन गर्न र तत्काल एक्सन योजना बनाई सार्वजनिक गर्न सरकारलाई आग्रह गरे।

अहिलेसम्म नेपालको सुखद अवस्था भए पनि इरानको जस्तो एकै पटक संक्रमणको अवस्था देखिए के गर्ने भन्‍ने सन्दर्भमा पनि समयमै सोच्‍नुपर्ने उनले उल्लेख बताए। सिमामा चेक जाँचको क्षमता, स्वास्थ्य चेक जाँचको क्षमता लगायत विभिन्न कारणले विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको भन्दै उनले तत्काल गर्नुपर्ने तयारीका बारेमा सबै सरकार, सबै मन्त्रालय, संसद, समुदाय लगायत सबै एकै ठाउँमा आएर काम गर्नुपर्ने आवश्यकता औल्याए। सबै देशले आवश्यक तयारी गरेको र भिषा रद्द पनि गर्न थालेको उल्लेख गर्दै उनले नेपालभन्दा बाहिरबाट नेपाल आउनेहरुको ट्रयाकिङ गर्न आवश्यक रहेको बताए।

उनले मन्त्रालयअनुसारका कुरा बाहिर आउँदा सर्वसाधरणमा त्रास र द्विविधा बढाएको भन्दै एकद्धार प्रणालीबाट सूचना र जानकारी सार्वजनिक गर्न पनि आग्रह गरे। विवाह ब्रतबन्ध, भोजभतेर र सभासम्मेलन रोक्न भने पनि विद्यालय खुल्ला भएको, संसद बैठक सञ्चालन भइरहेको, सरकारकै मन्त्री विदेश भ्रमणमा रहेको भन्दै सरकारलाई एकद्धार प्रणालीबाट सूचना सम्प्रेषण गर्न र विदेश बाट फर्किएकाको राम्रो चेकजाँचको व्यवस्था गर्न आग्रह गरे। विदेशी नागरिक नआउने, सभा सम्मलेन नगर्ने भन्‍नेवित्तिकै , होटेल, एयलायन्ससँगै बैंक लगायत मुलुकका विभिन्न क्षेत्र प्रभावित हुने भन्दै उनले आवश्यक तयारी गर्न आग्रह गरे।

बढी जानकारी भएपनि मानिस त्रसित हुने भन्दै उनले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक तयारी रहेको तथा कोरोनाका कारण कुनै पनि सामाग्रीको आपूर्तिलाई तलमाथि गर्न दिन्‍नौं भनेर सरकारले जनतालाई आश्‍वस्त गर्नुपर्ने बताए। उनले कालाबजारी अन्त्यका लागि प्रभावकारी ढंगले अघि बढ्न आग्रह गरे। थापाले खाली रहेका भवनहरुलाई आवश्यक पर्दा प्रयोग गर्न सक्ने गरि तयारी अवस्थामा राख्न, क्रिटिकल केयरको बेड विस्तार गर्न, अस्पताललाई आधारमा राखेर गर्नुपर्ने कामहरुको सूची तयार पार्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरे।

‘सचेत रहने हो. तर्सिने होइन। नागरिकलाई नर्तसाऊँ। भयभीत पनि नबनाऊँ। नेपालका एउटा मात्रै केस नदेखिएको कुराले आनन्दले नबसौँ’, उनले भने, हामीले समयको सुविधा पायौँ। इरानले पाएन। कोरियाले पाएन। तर कोरियासँग क्षमता थियो। हामीले पाएका छौँ। हामीले अहिले कति मात्रै सुझबुझ पुर्‍यायौँ भने आत्तिनु पर्दैन।’ थापाले विश्व स्वास्थ्य संगठनले विहिबार दिउँसो सम्म सार्वजनिक गरेको कोरोनाको अवस्था सम्बन्धी तथ्यांक जानकारी दिँदै नेपालले आवश्यक तयारी गर्न ढिलाई गर्न नहुने बताए। उनले चीनबाट फैलिएको संक्रमण हिजो दिउँसोसम्म ९५ हजार २ सय ६५ वटा केस रिपोर्ट भएको, ३ हजार २ सय ८१ जनाको मृत्यु भइसकेको स्मरण गराए। चीन बाहिर २ हजार ५५ वटा केस चीन भन्दा बाहिर ३३ वटा देशमा रहेको तथा ती मध्ये ८० प्रतिशत ३ वटा देशमा रहेको उनले बताए।

त्यसैगरी १ सय १५ वटा देशले संक्रमणको रिपोर्ट नगराएको , २१ वटा देशले एउटा एउटा रिपोर्ट गराएको, गएको १४ दिनमा ५ वटा देशहरुले नया केशहरु रिपोर्ट नगराएको पनि उनले बताए। सांसद थापाले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावको सञ्जय कुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गरेका थिए। प्रस्तावको समर्थन गर्दै सांसद राजभण्डारीले आवश्यक तयारी नगरेको र कोरोना मुक्त घोषणा गरेका कारण पनि विश्वस्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको भन्दै आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराए।

कोरोना संक्रमण नियन्त्रणका सम्बन्धमा चाईनासरकारसंग वार्ता गरेर अघि बढ्नुपर्ने बेलामा सरकारले चीनका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको उनले आपत्ति जनाए। ‘चीनका लागि राजदूतलाई फिर्ता बोलाउने ? के गर्न खोजेको हो ?’, उनले सोधे। राजभण्डारीले कोरोना संक्रमणको त्राससगै बजारमा मास्क, औषधि लगायत अत्यावश्यक सामानहरु लुकाउने काम भएकाले मास्क र औषधिमा कालोबजारी गर्नेलाई जेल हाल्न आग्रह गरे। ‘मास्क लुकाउने, औषधि लुकाउनेलाई २ लाख रुपैया मात्रै होइन जेल हाल्नुहोस्। भएका मास्क बजारमा जति छ। सरकारले नियन्त्रण गर्नुहोस्’, उनले भने, ‘सेनिटाइजर पनि बजारमा बन्द भइसकेको छ। नेपालमा उत्पादन हुनसक्छ। ४८ घण्टा भित्र लाइसेन्स दिनुहोस् र उत्पाद सुरु गर्नुहोस्।

जनतामा त्रास धेरै छ। यो त्रासलाई हटाउन हामी सबै एक होऔँ।’ त्यसैगरी सासद राजेन्द्र कुमार केसीले प्रस्तावको समर्थन गर्दै सरकारले केही तयारी गरेपनि पर्याप्त नभएको भन्दै समयमै आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराए। धेरै साधनसम्पन्‍न मुलुकमा स्कुल बन्द भईसकेको अवस्था रहेको उल्लेख गर्दै उहाँले संसार नै त्रसित भएको अवस्थामा तयारी अपुग भयो भने मुलुकले धेरै क्षति व्यहोर्नुपर्ने तर्फ समयमै सचेत हुन आग्रह गरे। पूर्ण परनिर्भर भएको अवस्थामा भयावह संक्रमणसंग लड्नका लागि समयमै सर्तकता अपनाउन नसके मुलुकको अवस्था अत्यन्तै भयावह हुने भएकाले पुर्व तयारीमा ध्यान दिन आग्रह गरे। सरकारले एक महिनाका लागि भोजभतेर, सभा सम्मेलनमा पुर्णरुपमा नै रोक लगाई कठोर ढंगले पेश हुनुपर्ने बताए। अर्का समर्थक नारायण खड्काले कोरोना संक्रमण नियन्त्रणका लागि चीनले गरेको प्रयासको प्रशंम्सा गर्नुभयो।

कोरोना संक्रमणको त्रासले बजारमा औषधि , मास्क र सेनिटाईजर संगै दैनीक खाद्य सामाग्रीको अभाव देखिन थालिसकेको भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे। साथै उनले आवश्यक तयारीबारे जानकारी गराउदै सदन सञ्चालनबारे पनि सोच्न आग्रह गरे। सांसद थापाले प्रस्तुत गरेको सार्वजनिक महत्वको प्रस्तावमा ‘विश्व स्वास्थय संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सुचीकृत गरेको सन्दर्भमा यससंग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्‍ने जस्ता प्रश्नहरु सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोनाविरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नु पर्ने भएकोले’, भन्‍ने उल्लेख छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 days पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh