फाल्गुन २२ ,
काठमाडौं । स्मार्टफोनमा कोरोना भाइरस एक हप्तासम्म रहने सक्ने भएकाले सतर्कता अपनाउन अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन्।
साउथ ह्याम्पटन विश्वविद्यालय प्रोफेसर विलियम केभिलले भनेका छन्, ‘तपाइले आफ्नो मोबाइल छुनु अगाडि हात राम्रोसँग धुनुस्।आँखा कान, नाक छुनु अगाडि पनि हात धुन नभुल्नुस्। के थाहा कोरोनाको भाइरस बसेको हुन सक्छ।’
यस्तै अर्का अनुसन्धानकर्ता एवं वाट लू विश्वविद्यालयका प्रोफेसर पिटर हलले स्मार्टफोन सफा गरेर मात्रै चलाउन आग्रह गरेका छन्।
अनुसन्धानकर्ताका अनुसार एकजना मानिसले दिनमा आफ्नो मोबाइल फोन कमक्तिमा पनि २ हजार ६ सय पटक छुने गरेको र ७५ पटक घुमाउने गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !